खुल्यो अर्जुनधारा धामको प्रवेशद्वार

५ श्रावण २०७७, सोमबार मा प्रकाशित

झापा,

साउनको सोमबार शिवालयमा जल चढाउने कार्यक्रम कोभिड–१९ को महामारीको कारण प्रभावित भएको छ । साउन महिनाको पहिलो सोमबार आज शिवालयमा अरु बेलाको जस्तो घुइँचो छैन । अधिकांश भक्तजनले आफ्ना घरमै पूजा सम्पन्न गरेको तथा थोरै मात्र शिवालय मन्दिरमा पुगेका छन् ।

‘पूर्वको पशुपतिनाथ’ अर्जुनधारा जलेश्वरधामको प्रवेशद्वार आज बिहान करीब तीन घण्टा मात्र खुलेको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार आज बिहान ४ ः ३० बजे नित्य पूजाका लागि प्रवेशद्वर खुला गरिएको तथा तीन घण्टापछि ७ : ३० मा बन्द गरिएको थियो ।

धाम समितिले केही दिनअघि नै सार्वजनिक सूचना जारी गरी कोरोना महामारीका कारण साउनमा मन्दिर खुला नरहने जानकारी दिएको थियो । विगतमा साउने सोमबार शिवको पूजा गर्न अर्जुनधारा जलेश्वर धाममा लाखौँ भक्तजनको घुइँचो लाग्ने गरेको थियो । धाममा मूल पूजारीले विशेष पूजा गर्ने समयमा आज बिहान प्रवेशद्वार खुला हुँदा आइपुगेका केही सर्वसाधारणले पूजाको अवसर पाएका थिए ।

मन्दिरको प्रवेशद्वार बन्द गरिए तापनि सयौँ भक्तजनले मन्दिर बाहिर रहेको नाग मन्दिरमा जल चढाउन थालेको समितिका कोषाध्यक्ष जोशीले बताउनुभयो । झापाका मेचीनगर, भद्रपुर, कन्काई, बिर्तामोडलगायत क्षेत्रमा रहेका शिवालय मन्दिरमा आज भक्तजनको सङ्ख्या न्यून छ । पूजा गर्न आउनेले मास्क लगाएर सामाजिक दूरी कायम गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here