बेतलबी विदामा राखेका शिक्षकलाई तलब उपलब्ध गराउने

५ श्रावण २०७७, सोमबार मा प्रकाशित

काठमाण्डौं ।

निजी विद्यालय सञ्चालकहरुले बेतलबी विदामा राखेका शिक्षकलाई तलब उपलब्ध गराउने भएका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन इष्टुसंग आज भएको छलफलपछि बेतलबी विदामा बसेका सम्पूर्ण शिक्षकलाई दिन बाँकी सबै तलब क्रमशस् दिदै जाने निर्णय भएको हो ।

प्याव्सन, एन प्याव्सन र इष्टुका प्रतिनिधिबीच भएको छलफलमा चैत्रसम्मको तलब निकासा गर्ने, बैशाख, जेठ र असारको तलब पनि क्रमशस् दिदै जाने लगायतको सहमति भएको इष्टुका अध्यक्ष होमकुमार थापाले जानकारी दिनुभयो ।

छलफलपछि इष्टुले भोलि र पर्सीका लागि तय गरेको प्याब्सन र एन प्याब्सन विरुद्धको कार्यक्रम फिर्ता लिएको छ । ७ र ८ गतेका लागि तय भएको विरोधका कार्यक्रम यथावत रहेको उहाँले बताउनुभयो ।

कोरोना महामारीका कारण संस्थागत विद्यालय सञ्चालन, व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याव्सन र एन प्याव्सनले साउन १ गतेदेखि वैकल्पिक सिकाई कार्यक्रम समेत बन्द गरेर शिक्षकलाई बेतलबी विदामा बस्न आग्रह गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here