वन पुनःस्थापना अभियान, २८ हजार बिरुवा रोपियो

७ श्रावण २०७७, बुधबार मा प्रकाशित

दाङ,

वन पुनःस्थापना अभियानअन्तर्गत मङ्गलबार घोराही उपमहानगरपालिका–२ स्थित गौरी सामुदायिक वनमा वृक्षरोपण गरिएिको छ । वन विनास भएर खण्डहर बनेको उक्त क्षेत्रलाई पुनः वनमा फर्काउने उद्देश्यले ६० बिघा क्षेत्रफलमा २८ हजार विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

‘चुरे पुनःस्थापन अभियान सफल पारौँ’ भन्ने मूल उद्देश्यले वृहत्तर वृक्षरोपणअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहका सदस्य, जनप्रतिनिधिदेखि प्रतिनिधिसभाका सांसदसम्मले एकैपटक सो क्षेत्रमा वृक्षरोपण गरेका छन् । मौवा, आँप, खयर र बाँसका गरी करिब २८ हजार बिरुवा रोपिएको हो ।

भूक्षयका कारण खण्डहर बनेको सो क्षेत्रमा बिरुवा रोपिएसँगै भूक्षय रोकिनुका साथै वन जोगिने र आयआर्जनको गतिलो माध्यम बन्ने अपेक्षा गरिएको छ ।

विभिन्न कारणले वन विनास भई खाली भएका वन क्षेत्रहरूमा वृहत्तर वृक्षरोपण अभियान थालेर वन पुनःस्थापना अभियान थालेको डिभिजनल वन अधिकृत दीपक ज्ञवालीले बताउनुभयो । उहाँले यो अभियानअन्तर्गत यस वर्ष १६० हेक्टर क्षेत्रफलमा वन पुनःस्थापना गरिने जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here