भद्रपुर भन्सार कार्यालयले लक्षित राजस्व भेट्टाएन

0
1010

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

झण्डै डेढवर्ष अघि छोटी भन्सारबाट प्रमुख भन्सार कार्यालयमा स्तरबृद्घि गरिएको भद्रपुर भन्सार कार्यालय वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा लक्ष्यको अनुपातमा राजस्व असुलीमा असफल भएको छ । २०७५ भदौ १९ गते अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

भन्सार अधिकृत फणिन्द्र खतिवडाले दिएको जानकारी अनुसार अर्थ मन्त्रालय भन्सार विभागले कार्यालयलाई वार्षिक २० करोड ६९ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको भएपनि लक्ष्यको कार्यालयले ३० प्रतिशत म राजस्व संकलन गरेको छ । एकवर्षै अवधिमा कार्यालयले १४ करोड ४९ लाख रुपैयाँ वा लक्ष्यको तुलनामा ७० प्रतिशत मात्र राजस्व असुली गरेको भन्सार अधिकृत खतिवडाले जानकारी दिनुभयो ।

कार्यालयमा कार्यरत कर्मचारीहरुको सक्रियता, सीमाक्षेत्रबाट अवैधरुपमा हुने चोरी निकाशी पैठारी नियन्त्रणमा अहम भूमिका तथा आयात निर्यातका क्रममा हुने चेकजाँचमा गरिएको कडाइका कारणले यसअघि राजस्व असुलीमा सफल मानिएको यो कार्यालले वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा लक्षित राजस्व गुमाएको छ ।

भन्सार अधिकृत खतिवडाका अनुसार नोवल कोरोना भाइरस कोभिड १९ को महामारीका कारण भद्रपुर नाकाबाट हुने आयात निर्यातमा कमि आएका कारण राजस्व असुलीमा प्रभाव परेको हो । बिहारको गलगलिया, ठाकुरगञ्ज, किसानगञ्ज नाका बाट भद्रपुर हुर्दै प्रमुख रुपमा चिया उद्योगका लागि प्याकिङ गर्ने कच्चा पदार्थ, सुर्ती खैनी अत्यधिकरुपमा आयात हुने गरेको छ ।

कपडा, जुत्ता चप्पल सामान्यरुपमा आयात हुने गरेको छ । भद्रपुर भन्सार कार्यालयको मातहतमा पाठामारी, केचना, घेरावारी पन्थापाडा र कुमोरखोद गरी पाँचवटा छोटी भन्सार कार्यालय रहेपनि केचना र कुमोरखोदमात्र सञ्चालनमा रहेका छन् ।

यस अघि भद्रपुर भन्सार कार्यालय मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सारको रुपमा रहेको थियो । स शस्त्र द्वन्दका बखत बिस्थापित भएर बन्द भए पनि यो छोटी भन्सार कार्यालय सञ्चालनमा थियो ।

पूर्वकै सबैभन्दा बढी राजस्व संकलन गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाको वार्षिक लक्ष्य पुरा गर्न यसले निक्कै टेवा पुर्याएको थियो । यो मुल भन्सारमा स्थापना भएपछि यतिखेर मेची भन्सार कार्यालय काँकरभिट्टालाई वार्षिक लक्ष्य पुर्याउन गाहे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here