प्रदेश सरकारको लगानीमा तुम्बेवामा प्रहरीको भवन बन्दै

0
789

युद्धबहादुर बोहोरा / पाँचथर।

तुम्बेवा गाउँपालिका केन्द्र मौवा बजारमा लामो समयपछि प्रहरीको भवन निर्माण हुने भएको छ ।  प्रदेश सरकारको सहयोगमा इलाका प्रहरी कार्यालय मौवाको भवन निर्माण हुन लागेको हो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड ५० लाख बजेट बिनियोजन गरेको छ । भवन निर्माणको लागि प्रदेश प्रहरी कार्यालय बिराठनगरले ठेक्का पनि लगाएको छ । भवन निर्माणको काम डेढ वर्ष भित्र पूरा गर्ने गरी प्रकृया अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

भवन अभावमा लामो समयदेखि प्रहरी कर्मचारी असुरक्षित बन्दै आएका थिए । स्थानीयवासीको घर भाडामा लिएर प्रहरी बस्दै आएका थिए । २०७२ सालको भुकम्पले घर जीर्ण भएपछि बस्न थप असुरक्षित महसुस भएको प्रहरीले बताउँदै आएका थिए ।

२०३८ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालयको भनव निर्माण भएको थिएन । मौवा बजारमा प्रहरी चौकी स्थापना भएको थियो । तर दद्धकालको समयमा उक्त भवन पनि क्षतिग्रस्त भएपछि प्रहरी भाडाको घरमा बस्दै आएको वडा नम्बर ३ का वडा अध्यक्ष कमल थापाले बताए । स्थानीयको घरलाई मासिक २ हजार भाडा बुझाएर प्रहरी बस्दै आएका थिए । भवन निर्माणको लागि गाउँपालिकाले लामो समयदेखि प्रदेश र संघीय सरकार समक्ष माग गर्दै आएको थियो । तर ढिलै भएपनि समस्या समाधान भएको उनको भनाइ छ ।

साँगुरो भवनमा सुत्ने बस्नेको ठाउँ नहुदा बर्षैदेखि प्रहरीले कष्ठ बेहोदै आएका थिए । तुम्बेवा गाउँपालिकाको मौवा, आङना, वलने, हाङगुम हेर्ने प्रहरीको लागि आधारभूत आवश्यक्ताको रुपमा रहेको खाने बस्ने र बन्दोवस्तीमा सामाग्री राख्ने जस्तो सुविधा समेत नभएको परिस्थितिमा भवन बन्न लाग्नु खुसिको कुरा भएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । थापा भनन्छन् ‘दद्धकालको समयमा भवन धस्त भएपछि स्थानीयको घरबाट नागरिकको सुरक्षा प्रहरील गर्दै आएका छन ।

अभाव भएपछि स्थानीयले ५ रोपनी जग्गा उपलब्ध पनि गराएका छन । सबै संरचना पुरा हुदा पनि बजेट अभाव थियो । तर अहिले स्थानीयतहले पटक–पटक पहल गर्दा भवन निर्माणको काम अघि बढ्ने भएको हो ।

कार्यालयको भवन निर्माणको लागि तत्कालीन गाविस कार्यालयको सहयोगमा २ रोपनी र स्थानीय समाज सेवी अविरजंग माङलाक, सहदल माङलाक र नन्द माङलाकले ३ रोपनी जग्गा निशुल्क दान गरेका थिए । १५ लाख बराबरको जग्गा उनिहरुले प्रहरीलाई उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here