विर्तामोड।

रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनको आयोजनामा बिर्तामोड–१० विराटपोखरस्थित लक्ष्मीनारायण प्राविमा वृक्षरोपण कार्यक्रम गरिएको छ ।
रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनको छैठौं चाटर्ड डे को अवसर पारेर विद्यालय परिसरमा वृक्षरोपण गरिएको हो ।
रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसीडेन्ट प्रकृति न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसीडेन्ट प्रशान्त भण्डारीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए ।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोडका कार्यकारी निर्देशक तथा तत्कालीन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका ट्रेजरर दिनेशकुमार पोखरेलले उक्त विद्यालयलाई सहयोग गर्नुपर्छ भन्ने प्रस्ताव रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको वोर्ड बठकमा गरेपछि उक्त विद्यालयको शैक्षिक उन्नयनमा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले सहयोग गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले जानकारी दिए ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले २०७२ सालदेखि लक्ष्मीनारायण प्राविमा ह्याप्पी स्कूल कार्यक्रम सञ्चालन गरेको उनले बताए । ह्याप्पी स्कूल कार्यक्रम अन्तर्गत विद्यालयमा रंगरोगन, कक्षाकोठाको व्यवस्थापन, शौचालय, खाजाघरको निर्माण, शुद्ध खानेपानीको व्यवस्था, कम्प्युटर ल्याव, प्रोजेक्टरको व्यवस्था, लाइब्रेरीको व्यवस्था गरिएको र समय समयमा विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री प्रदान गरिएको उनले बताए ।
कार्यक्रममा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसीडेन्ट रेनु वंशल, रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनका चाटर्ड प्रेसीडेन्ट तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका टिच को–अर्डिनेटर शरद जोशीलगायतले लक्ष्मीनारायण प्राविको शैक्षिक उन्नयनका लागी आफूहरुले संधै सहयोग गर्ने वताएका थिए ।

कार्यक्रममा लक्ष्मीनारायण प्राविका शिक्षक जनकप्रसाद कोइरालाले रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान पुर्याएको भन्दै रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनका चाटर्ड प्रेसीडेन्ट तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका टिच कोअर्डिनेटर शरद जोशीलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने चाटर्ड डेको अवसरमा केक काटेर चाटर्ड डे मनाइएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउन, इन्टरट्रयाक क्लव अफ देवभूमिका पदाधिकारी र मेम्वरहरु र इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका बालबालिकाहरुले विद्यालय परिसरमा नीम, अमला, अशोक, वेल, शिरिष लगायतका विरुवा रोपेका थिए ।
कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका क्लव मेन्टर राजेन्द्र अग्रवाल, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मेम्वरसीप चेयर शिजर राजभण्डारी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सेक्रेटरी नवीन उप्रेती, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मिडिया पर्सन तुलसीप्रसाद निरौला, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी सेक्रेटरी सम्झना भण्डारी, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी वोर्ड मेम्बर रुची शिवाकोटी, इन्टरट्रयाक क्लव अफ देवभूमिका प्रेसिडेन्ट वविन अधिकारी लगायतको सहभागिता रहेको थियो ।
बिर्तामोड–१० बिराटपोखरमा २०५६ सालमा स्थापना भएको लक्ष्मीनारायण प्राविमा विपन्न वर्गका एक सय ९० जना विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका शिक्षक जनकबहादुर थापाले बताए ।
२०७२ सालमा आएको विनासकारी भूकम्पले विद्यालयको भौतिक संरचना क्षति पुर्याएपछि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोडले भूकम्पबाट क्षति पुगेको लक्ष्मीनारायण प्राविको भौतिक संरचना निर्माणका लागि नगद ५० हजार उपलब्ध गराएको उनले बताए ।
केही वर्ष पहिले सरकारी विद्यालयमा आफ्ना छोराछोरी अध्ययन गर्छन् भन्न हिचकिचाउने अभिभावकले समेत अहिले धमाधम बोर्डिङबाट लक्ष्मीनारायण प्राविमा छोराछोरी भर्ना गरिरहेको विद्यालयका शिक्षक जनकबहादुर थापाले बताए ।
विद्यालयले सबै तहसम्म अंग्रेजी माध्यममा पढाउन थालेपछि र दिवा खाजा कार्यक्रम लागू गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण निकै बढेको र पढ्नको लागि विद्यालय जान मन नगर्ने विद्यार्थीहरु अचेल घरभन्दा विद्यालय आउन मन गर्न थालेको उनले बताए ।
विद्यालयमा अध्ययनरत् एक सय ९० जना विद्यार्थीमध्ये नर्सरी र केजीमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारले दिवा खाजाको व्यवस्था गरेको र अन्यले अभिभावकले खाजा खुवाउने व्यवस्था गरेको उनले बताए ।
कार्यक्रमको सञ्चालन रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनकी जोइन्ट सेक्रेटरी श्रद्धा प्रसाईंले गरेको रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनकी मेम्वर अर्चना अधिकारीले जानकारी दिइन् ।































