आईपीएल १९ सेप्टेम्बरदेखि शुरू भएर नोभेम्बर ८ मा सकिने

0
877

काठमाडौं,

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा हुने भएको छ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को स्रोतले १९ सेप्टेम्बरदेखि लिग सुरु हुने र फाइनल नोभेम्बर ८ मा हुने जनाएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

कोरोना भाइरस महामारीको कारण अनिश्चित बनेको आईपीएल टी–२० विश्वकप एक वर्ष पछि सरेपछि युएईमा आयोजना गर्ने तयारी भएको हो। आईसीसीले अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा हुने तय भएको टी–२० विश्वकप स्थगित गरेपछि आईपीएल आयोजना गर्ने बाटो खुलेको थियो।

‘आईपीएल सेप्टेम्बर १९ मा सुरु हुने सम्भावना छ र फाइनल नोभेम्बर ८ मा हुनेछ। यो ५१ दिनको हुनेछ र फ्रेन्चाइज, ब्रोडकास्टर, स्टेकहोल्डर सबैलाई सुहाउने छ,’ बीसीसीआईको उच्च पदाधिकारीलाई उद्‍धृत गर्दै पीटीआईले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here