झापामा एकै दिन १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि

0
801

झापा।

झापाका १८ जना शसस्त्र प्रहरीलाई आज एकै पटक कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ ।

पूर्वी नाका काँकरभिट्टाको सिमा सुरक्षार्थ खटिएका १८ जना शसस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरी बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षणका लागि नमूना पठाइएको मेचीनगरका समाजिक बिकास समितिका संयोजक नवीन बरालले बताउनुभयो ।

पूर्वी नाकाको सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीमा एकै पटक यति धेरै संख्यामा कोरोना संक्रमण देखिएपछि समुदायमा कोरोना फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

नियमित काम गरिरहेका सिमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टि भएपछि काँकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन । तत्कालका लागि काकरभिट्टा क्षेत्र सिल गरेर कन्ट्याक ट्रेसिङ मार्फत संक्रमणको जोखिममा परेकाहरुको खोजी गरी स्वाब संकलन गर्नु पर्ने काँकरभिट्टाका स्थानीयले माग गरेका छन् ।

यस अघि पनि दुई जना शसस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएकाहरुहरु मध्ये एक महिला सशस्त्र प्रहरी रहेकी छिन् । उनीहरुमध्ये महिलालाई विराटनगर कोसी अस्पताल लगिएको छ भने वाँकीलाई गोठगाउँस्थित कोरोना अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिनुभयो ।

यो संगै झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ । कोरोना जीतेर २९९ जना घर फर्किएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लगाईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here