भारतीय सेनाका कर्नेल सहित ८ को मृत्यु

0
323

नयाँदिल्ली, असोज १० । भारत प्रशासित जम्मू कस्मिरमा भएको आतंकवादी हमलामा एक कर्णेल सहित ८ जना मारिएका छन्।बिहान सात बजेको समयमा पहिलो हमला भएको थियो। सो हमला कठुआ जिल्लाको हिरानगर प्रहरी स्टेसनमा भएको थियो।

सेनाको पोसाकमा आएका आतंकवादीले चौकीमा आक्रमण गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन ।प्रहरीका अनुसार उक्त हमलामा ४ प्रहरी र दुई सर्वसाधारणको मृत्यु भएको छ। हमला पछि भागेका आक्रमणकारीले कठुला जिल्ला नजिक रहेको सावा जिल्लामा रहेको सेनाको एक क्याम्पमा हमला गरेका थिए। आतंकवादीहरु सेनाका अधिकारीहरुको मेसमा प्रवेस गरी हमला गर्दा लेफ्टिनेन्ट कर्णेल र एक जवान मारिएका छन्। जम्मु रेन्जका आइजी राजेश कुमारले आतंकवादीहरु सेनाको पोशाकमा अटो चढेर आएर प्रहरी चौकिमा आक्रमण गरेको बताए।

यो घटना भारतीय प्रधानमन्त्री मनमोहन सिंह र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको अमेरिकामा सम्भावित भेटघाटको खबर आएको एकदिन पछि भएको हो। दुई नेताबीच आइतबार भेटघाट हुने संचारमाध्यमहरुले जनाएका छन्।

पछिल्ला पाँच बर्षमा जम्मु कस्मीरमा आतंकवादी घटनाहरुमा कमी आएको भएपनि यो वर्ष संसदमा भएको हमलाका दोषी अफजल गुरुलाई फाँसी दिएपछि आतंकवादी हमलामा वृद्धि भइरहेको छ।