निःशुल्क उपचारका लागि सहजीकरण गर्दै सहारा

0
862

बिर्तामोड।

जीवन वरदान कार्यक्रम अन्तरगत सहारा नेपाल सहकारी संस्थाले आफ्ना शेयर सदस्यको उपचारका लागि सहयोग पु¥याउँदै आएको छ । कतिपय जटिल रोगको उपचारका लागि सहकारीले सत प्रतिशत रकम प्रदान गर्दै आएको छ ।

अझ, आफ्ना शेयर सदस्यको निःशुल्क उपचारका लागि सहजहोस् भन्दै झापा सहित देशभरका झण्डै दुई दर्जन अस्पतालसंग सहकार्य गर्दै सहकारीले विरामीको उपचार गर्दा लागेको खर्च समेत आफैं भुक्तानी गर्दै आएको छ ।

यसैक्रममा लामो समयसम्म लकडाउनका हुँदा आफ्ना शेयर सदस्यहरुलाई क्यान्सरको उपचारका लागि असहज भएको भन्दै संस्थाले झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चाल क्यान्सर अस्पतालसंग सहकार्य गर्दै उपचारका लागि सहज वातावरण सृजना गरेको छ ।

झापा र झापा वाहिरका विभिन्न अस्पतालमा नियमित स्वास्थ्य जाँच गराइरहेको आफ्ना शेयर सदस्यलाई स्वास्थ्य उपचारमा समस्या परेको भन्दै पूर्वाञ्चल क्यान्सर अस्पतालका चिकित्सकसंग सिधा सम्पर्क गराएर सहकारीले उपचारका लागि सहज वातावरण सृजना गरेको छ ।

अस्पताल परिसरमा शुक्रवार अपरान्ह चिकितसक र विरामीबीच अन्तरक्रिया गराएर उपचारका लागि सहज वातावरण सृजना गरेको हो । कतिपय विरामीले भारतका विभिन्न अस्पतालमा आफूहरुले उपचार गराउँदै आएको र अहिले लकडाउनका कारण भारत जना नपाएर समस्या भएको बताएका थिए । उनीहरुले भारतमा उपचार गराउँन जाँदा भित्रको भन्दा बाहिरको समस्याले पिरोल्ने भन्दै आफ्नै ठाउँमा उपचार गराउन पाएको खण्डमा सहज हुने धारणा राखेका थिए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्रकुमार यादवले भारतका जुनसुकै अस्पतालमा दिइने सेवा भन्दा पूर्वाञ्चल क्यान्सर अस्पातलाको सेवा कम नहुने भन्दै गुणस्तरीय सेवाका लागि अव कोही पनि वाहिर जानै नपर्ने बताएका थिए । उनले पूर्वाञ्चल क्यान्सर अस्पताल आफैंमा विश्वस्तरीय अस्पताल भएकाले यहाँका विरामीले यो र त्यो अस्पताल धाएर समयसंगै जीवन ववार्द गर्नुको सट्टा समयमै आफ्नै ठाउँमा सही उपचार गराएर नयाँ जीवन पाउने धारणा राखेका छन् ।

क्यानसर रोग शुरुमा निकै नहुने रोगका रुपमा अपव्याख्या गरेकाले धेरै जना उपचारका लागि समयमा नआउने गरेको भन्दै डा यादवले भने समयमा क्यान्सरको उपचार गर्न पाएको खण्डमा क्यान्सर रोग निको हुन्छ ।

पूर्वमा झापा जिल्लामा क्यान्सरका रोगी धेरै भएको बताउँदै डा यादवले भने यहाँ आउने धेरै जसो विरामी चौथो स्टेजमा पुगेकाहरु आउँछन् । क्यान्सर रोग नै परीक्षण गर्न भनेर अहिले पनि ५ प्रतिशत मात्र मानिस आउने गरेकाले पनि क्यान्सर रोग धेरैलाई हाउगुजी बनेको हो ।

झापामा अहिले पनि स्वास्थ्य कार्यालयले वार्षिक ५०० जनालाई क्यान्सरको उपचारका लागि सिफरिस गर्दै आएकाले झापा क्यान्सर रोगका लागि उच्च जोखिममा रहेको डा यादवको भनाई छ ।

यता सहारा नेपाल सहकारी संस्थाका जीवन वरदान कार्याक्रम संयोजक भक्तवहादुर खड्काले सहकारीले आफ्ना शेयर सदस्यको उपचारका लागि ६ लाख रुपैयाँसम्म खर्च व्यहोर्दै आएको बताएका छन् । उनले क्यान्सर रोगको उपचारमा पनि सहकारीले खर्च गर्दै आएको र आफ्ना शेयर सदस्यलाई उपचारमा सहजहोस् भन्दै पूर्वाञ्चल क्यान्सर अस्पतालसंग सहकार्य गरेको बताएका छन् ।

कार्यक्रममा अस्पतालमा प्रवन्ध निर्देशक डा निराजन प्रसाईले अब आफ्ना ठाउँका मात्र नभई अन्यत्र ठाउँका विरामीलाई पनि सहज रुपमा उपचार गराउन पूर्वाञ्चल क्यान्सर अस्पताल सफल भएको बताएका छन् । उनले पूर्वाञ्चल क्यान्सर अस्पतालले भारतको मेदान्त, राजीवगान्धीको भन्दा गुणस्तरीय सेवा दिने र शुल्क पनि त्यहाँको भन्दा न्यून खर्च हुने बताएका छन् । वीएण्ड अस्पताल वा पूर्वाञ्चल क्यानसर अस्पताल परिसर भित्र आएपछि जस्तोसुकै रोगको पनि सहज उपचार गर्ने अस्पताल तयार रहेको डा प्रसाईको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here