कैलालीकी २० महिनाकी नाबालिको सफल उपचार

0
1158

बिर्तामोड।

पछिल्लो समय सरुवा रोगभन्दा नसर्ने रोगले विकारल रुप लिदैं गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल जस्तो विकासन्मुख मुलुकमा नसर्ने रोगले हुने मृत्युदर बढ्न थालेकाले अब सबै आफ्नो स्वास्थ्य प्रति चनाखो बन्नु पर्ने चिकित्सकको भनाई छ । नेपालमा क्यान्सर, मधुमेह, मुटु रोग लगायतका विरामी बढ्दै गएका छन् । क्यान्सर रोगकै कारण मात्रै नेपालमा वर्षेनी १५–२० हजार मानिको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क रहेको छ ।

पूर्वका जिल्लामा झापा क्यान्सर रोगको उच्च जोखिममा रहेको चिकित्सकहरुको भनाई छ । स्वास्थ्य कार्यालयबाट वार्षिक रुपमा पाँच सयभन्दा बढीले क्यान्सर रोगको उपचारका लागि सिफारिस लिने गरेको बताइएको छ । यसले पनि झापामा क्यान्सर रोगीको संख्या उच्च रहेको देखाएको पूर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर वीरेन्द्रकुमार यादवले बताए ।

यसैबीच पूर्वाञ्चल क्यान्सर अस्पतालले छोटो समयमा सयौं विरामीको उपचार गर्न सफल भएको छ । सन् २०२० को जनवरीबाट आफ्नो औपचारिक सेवा सुचारु गरेको अस्पताल सात महिनाको अवधिमा एक हजार सात सयबढीलाई उपचार सेवा दिएको अस्पतालले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका क्यान्सर रोग विशेषज्ञ डाक्टर यादवले अस्पताल सञ्चालन आएको छोटो समयमै धेरै विरामीको उपचार गर्न सफल भएको बताए । उनले झापामा क्यान्सर रोगका विरामी धेरै रहेको भन्दै पछिल्लो समय कैलाली, कञ्चनपुर तथा भारतका विभिन्न स्थानबाट समेत विरामी आउन थालेको बताइएको छ ।

पछिल्लो समय कम उमेरमै पाठेघरको क्यान्सर समेत देखा पर्न थालेको चिकित्सकको भनाई छ । देशका विभिन्न स्थानमा रहेका क्यान्सर रोगीहरु केरोना भाइरसका कारण लकडाउन भएपछि उपचारका लागि भारत जाननपाए पछि पूर्वाञ्चल क्यान्सर अस्पताल आउन थालेका छन् । उनीहरु पूर्वाञ्चल क्यान्सर अस्पतालमा सोचे जस्तै उपचार पाएको भन्दै खुशी ब्यक्त गरेका छन् ।

यस्तै कैलालीको लम्की घरभएकी २० महिनाकी एक नाबालिकाको पूर्वाञ्चल क्यान्सर अस्पतालले सफल उपचार गरेको छ । नाबालिकाको दुब्रो आँखाको पछाडीका भागमा क्यान्सर भएर ट्युमर भएकाले आँखै बाहिर निस्कन लागेको अवस्थामा तीन महिना पहिले उपचारका लागि अस्पताल ल्याएकोमा अस्पतालले सफल उपचार गरेर शुक्रबार घर पठाएको छ । घर पठाउनु अघि पत्रकारहरुसंग कुरा गर्दै क्यान्सर रोग विशेषज्ञ डाक्टर यादवले यो निकै संवेदशिल अवस्था भएपनि दक्ष प्राविधिक, उच्च स्तरीय प्रविधि र चिकित्सकको अथक प्रयासमा सफल भएको उल्लेख गरे ।

नाबालिकाको साढे ११ घण्टा लगाएर न्यूरो सर्जरी गरेर शल्यक्रिया गरेको अस्पतालका न्यूरो सर्जन डाक्टर पंकजराज नेपालले बताए । कोरोना भाइरसका कारण लकडाउन रहेको र कैलालीबाट उपचारका लागि आएकी नाबालिका सहितको परिवारलाई उपचार अवधिभर खानबस्नको ब्यवस्था मिलाई दिएको अस्पतालका सिईयो निराजन प्रसाईले बताए ।

अस्पतालमा क्यान्सर रोगीहरको संख्या बढ्दै गएको र सबैले वार्षिक रुपमा आफ्नो स्वास्थ्य चेक गराउनुपर्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले पूर्वी नेपालका साथै पश्चिम नेपालबाट समेत उपचारका लागि विरामीहरु आउन थालेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here