नक्कली बीउ वेच्ने पक्राउ

0
1088

विष्णुप्रसाद पोखरेल

दमक, असोज १० गते । नक्कली बीउ बिजन ल्याएर बिक्री गर्ने कार्यमा संलग्न रहेका एक गिरोहलई झापाको दमकमा पक्राउ गरीएको छ । बिभिन्न कम्पनीले उत्पादन गर्ने बीउ बिजनको खोल र त्यस भित्रको बीउ बिजन दुरुस्तै बनाएर झापा जिल्लाको बिभिन्न बजार ल्याउने कार्यमा संलग्न जनकपुर घर बनताउने राजेशप्रसाद दासलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक श्याम खत्रीका अनुसार सियान सीड सर्भिस सैन्टरले नेपालका १७ जिल्लामा बिक्री बितरणका लागि उत्पादन गर्दै आएको रायो ः मार्फा चौडापात नाम गरेको वीउ बीजनको खोलको दुरुस्तै निकालेर बजारमा बिक्री गर्नका लागि ल्याउने गरेको पाईएको प्रहरीले जनाएको छ । सियान सीडले तरकारी तथा अन्नबालीको बीउ उत्पादन गर्दै आएको छ । दमक ११ स्थित श्रीराम कृषि भण्डारमा अबैध रुपमा नक्कली बीउ बिक्रीका लागि राखेको सुचनाको आधारमा प्रहरीले अनुसन्धान गरी बिहीबार जनकपुरबाट ७५० प्याकेट नक्कली बीउबिजन ल्याउदै गरेको अवस्थामा रंगेहात प्रहरीले दासलाई पक्राउ गरेको हो ।
सियान सीड सर्भिस सेन्टरका बजार प्रबन्धक धर्मराज अधिकारीका अनुसार झापा, मोरङ, सीराह र सप्तरीका बिभिन्न जिल्लाहरुमा आफहरुको कम्पनीको दुरुस्तै प्याक बनाएर गुणस्तरहीन वीउ बिजन बिक्री गरेको पाइएपछि यस बिषयमा कम्पनीले समेत छानबिन शुरु गरेको छ । सम्बन्धित जिल्लाका कृषि कार्यालय र जिल्ला प्रशासनका कार्यलयमा आफुहरुले जानकारी गराएको समेत उहाँले बताउनु भयो । यस बाट किसानहरु ठगिएको गुनासो आएपछि मात्र आफुहरुले थाहा पाएको समेत अधिकारीले बताउनु भयो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खत्रीका अनुसार उद्योग अन्र्तगतको ठगी भएकाले घरेलु तथा साना कार्यलय चन्द्रगढीमा थप अनुसन्धानका लागि पक्राउ बुझाइएको छ। भारतमा दुरुस्तै खोल बनाएर बिना परीक्षणको बीउ प्याक गरी पुवीै नेपालको बजारमा ल्याउने कार्यमा बिभिन्न गिरोहहरु सक्रिय रहेको जनाइएको छ ।