बिर्तामोड।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का उपाध्यक्ष तथा कार्यकारी प्रमुख लक्ष्मी उप्रेतीले एकका लागि एक अभियानमा एनएमसी पनि सँगै रहेको बताएका छन् ।
झापाका सहकारी अभियानको तर्फबाट पीसीआर ल्याव खरिदका लागि जिल्ला सहकारी संघ झापाको समन्वयमा २५ लँख रुपैयाँ हस्तान्तरण कार्यक्रममा बोल्दै उप्रेतीले सो कुरा बताएका हुन् ।
राष्ट्रिय सहकारी बैंक लेखा तथा सुपरिवेक्षण समितिका संयोजक समेत रहेका प्रमुख अतिथि उप्रेतीले अभियानबाट भएको कार्यमा प्रशंसनीय रहेको बताए ।
‘अभियानबाट एनएमसी टाढा छैन’ –उप्रेतीले भने– ‘एनएमसी एकका लागि एक अभियानमा जोडिएर महत्वपूर्ण सहयोग गर्नेछ ।’ अभियान सफल बनाउन आफ्नो साथ रहने उप्रेतीले बताए ।
सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा एकका लागि एक अभियानको अगुवाईमा झापाको कोटीहोममा पीसीआर ल्याव स्थापना भइसकेको छ ।































