प्रदेश १ को प्रहरी कार्यालय सिल गरियो, कार्यालयका सबैलाई क्वारेन्टिनमा बस्न निर्देशन

0
810

काठमाडौ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीलाई सिल गरिएको छ । विराटनगरस्थित डीआईजी कार्यालयमा कोरोना संक्रमण जोखिम बढेपछि कार्यालयलाई अघोषित सिल गरिएको हो ।

पाँच जनामा कोरोना संक्रमण फेला परेसँगै अन्य प्रहरीहरुमा समेत लक्षण देखिन थालेपछि कार्यालयमा बाहिर र भित्र आवत जावत बन्द गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख इश्वरी बाबु कार्कीले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक कार्कीले सबैलाई क्वारेन्टिन बस्न निर्देशन दिएको बताउनुभयो । ब्यारेकमा नबसी कोठा भाडामा बस्ने र कार्यालयमै बस्नेलाई पनि अन्यत्र हिडडुलमा प्रतिबन्ध लगाइको हो । प्रहरी कार्यालयको दैनिक कामकाज अनलाइन प्रणालीबाट मात्रै हुँदै आएको छ ।

कार्यालयमा कार्यरतमध्ये १४३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । प्रदेश १ प्रहरी कार्यालयमा १६० जनाको दरबन्दी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here