घर भत्किँदा एकको मृत्यु

0
1017

मुस्ताङ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते हुनुभएको छ । ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ ।

बाजे नाति सुतेको अवस्थामा घर भत्किएको थियो । स्थानीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here