राप्रपा नेपाल संगठन विस्तारमा

0
442

सुरुङ्गा, असोज १२ । राप्रपा नेपाल सुरुङ्गा गाउँ कमिटी संगठन विस्तारमा लागेको छ । यस क्रममा सुरुङ्गा गाविसको वार्ड नं. ७ मा वडा समिति गठन गरिएको छ । तारा सुबेदीको अध्यक्षतामा गठन भएको १५ सदस्यीय समितिमा उपाध्यक्षहरुमा जीवन प्रसाईं र कृष्णप्रसाद सुबेदी, सचिवमा शोभा श्रेष्ठ, कोषाध्यक्षमा उमेश मैनाली रहेका छन् । सदस्यहरुमा रामबहादुर बुढाथोकी, चन्द्र संग्रौला, प्रीति बुढाथोकी, युवराज कडेंल, सुराई मुर्मू, निलप्रसाद संग्रौला, गोपाल बयलकोटी, गोकुल उप्रेती, काशीनाथ श्रेष्ठ र पुण्यप्रसाद उप्रेती चुनिएका छन् । पार्टीका सुरुङ्गा अध्यक्ष खेमराज कार्कीको प्रमुख आतिथ्य र पूर्व वडा अध्यक्ष बद्रीप्रसाद प्रसाईंको सभापतित्वमा सुरुङ्गा–७ को बी.पी.वनवाटिकामा भएको उक्त कार्यक्रममा पण्डित हरिप्रसाद तिम्सिना, ईन्द्रबहादुर थापा, प्रकाश थापा लगायतले बोलेका थिए ।