बृद्धाश्रममा रहेका आमाबुबाका लागि खाद्यवस्तु वितरण

0
886

बिर्तामोड ।

विश्व आमाबुबा दिवसको उपलक्ष्यमा रमाइलो ग्रुप परिवार बिर्तामोडले बृद्धाश्रममा रहेका आमाबुबाका लागि खाद्यवस्तु वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै परोपकारी कार्य गर्न उद्देश्यले गठित रमाइलो ग्रुप परिवारले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रित आमाबुबाहरुका लागि चामल, दाल, तेल र फलफूल वितरण गरेको थियो ।

आश्रममा आयोजित विशेष कार्यक्रमकाबीच दिवसको अवसर पारेर आइतवार खाद्यान्न वितरण गर्नुका साथै उनीहरुलाई सम्मान समेत गरिएको थियो । सामाजिक सञ्जालमार्फत संगठित रमाइलो ग्रुप परिवारको सदस्यहरुबाट संकलित रुपैयाँबाट परोपकारी कार्यको आयोजना गरिने ग्रुपका एडमिन कृष्ण घिमिरेले बताए ।

आश्रममा आयोजित विशेष कार्यक्रममा त्यहाँ आश्रित बृद्ध आमाबुबालाई खाना समेत खुवाइएको घिमिरेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here