राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्यमा रामचन्द्र

0
603

विर्तामोड ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी) झापाका अध्यक्ष रामचन्द्र उप्रेती राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्य पदमा नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रीस्तरको २०७७ असार २२ गतेको निर्णयबाट प्रदेश नंं. १ को प्रतिनिधित्व हुनेगरी राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्य पदमा सहकारी अभियन्ता उप्रेतीलाई नियुक्त गरिएको राष्ट्रिय सहकारी विकास बोर्डकी सहसचिव चन्द्रकला पौडेलले जानकारी दिइन् ।

सहकारी अभियन्ता उप्रेती यसअघि बोर्डको सल्लाहकार सदस्य थिए । पूर्वाञ्चल दैनिकका स्तम्भकार समेत रहेका उनले सहकारी अभियानका लागि आधा दर्जन पुस्तकहरु लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here