कोशी अस्पतालका डाक्टर र नर्सलाई नै कोरोनाको संक्रमण

0
692

विराटनगर ।

मोरङको विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्ट​नेट​ल​ वार्ड’ शिल गरिएको छ ।

आइतबार रातिदेखि कोशीकोे पोस्ट​नेट​ल वार्ड शिल गरि संक्रमति नर्सको सम्र्पकमा रहेकाहरूको स्वाव संकलनको तयारी सुरू गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट चुमनलाल दासले जानकारी दिए।

संक्रमित नर्स विराट नर्सिङ होममा पनि आंशिक रुपमा कार्यरत थिइन् । नर्सिङ्ग होमका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पुष्टि भएपछि गरिएको थप परीक्षणमा ती नर्ससहित चार जनामा कोरोना देखिएको छ ।

आइतबार साँझ कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोशी र विराट दुबैतिर कार्यरत ती नर्समा कोरोना संक्रमण देखिएको अस्पतलाका मेसु दासले जानकारी दिए। संक्रमित नर्स कोशी अस्पतलको ‘पोस्ट​नेट​ल वार्ड’ मा कार्यरत थिइन् । डेलिभेरी भएपछि राखिने वार्डलाई पोस्मेटल वार्ड भन्ने गरिन्छ । पोस्ट​नेट​ल वार्ड शिल गरेपछि कन्ट्रयाक टे«सिङ्गमार्फत उनको सम्र्पकमा रहेकाहरूको स्वाब संकलन गर्ने तयारी सुरू गरिएको मेसु दासले बताए ।

पोस्ट​नेट​ल वार्डमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र विरामीको स्वाब संकलन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here