विराटनगर ।

मोरङको विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल गरिएको छ ।
आइतबार रातिदेखि कोशीकोे पोस्टनेटल वार्ड शिल गरि संक्रमति नर्सको सम्र्पकमा रहेकाहरूको स्वाव संकलनको तयारी सुरू गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट चुमनलाल दासले जानकारी दिए।
संक्रमित नर्स विराट नर्सिङ होममा पनि आंशिक रुपमा कार्यरत थिइन् । नर्सिङ्ग होमका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पुष्टि भएपछि गरिएको थप परीक्षणमा ती नर्ससहित चार जनामा कोरोना देखिएको छ ।
आइतबार साँझ कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोशी र विराट दुबैतिर कार्यरत ती नर्समा कोरोना संक्रमण देखिएको अस्पतलाका मेसु दासले जानकारी दिए। संक्रमित नर्स कोशी अस्पतलको ‘पोस्टनेटल वार्ड’ मा कार्यरत थिइन् । डेलिभेरी भएपछि राखिने वार्डलाई पोस्मेटल वार्ड भन्ने गरिन्छ । पोस्टनेटल वार्ड शिल गरेपछि कन्ट्रयाक टे«सिङ्गमार्फत उनको सम्र्पकमा रहेकाहरूको स्वाब संकलन गर्ने तयारी सुरू गरिएको मेसु दासले बताए ।
पोस्टनेटल वार्डमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र विरामीको स्वाब संकलन गरिने बताइएको छ ।































