मनिषालाई अन्तर्राष्ट्रिय अवार्ड

0
2878

तुलसीप्रसाद निरौला / विर्तामोड ।

लियो क्लब अफ बिर्तामोड लेडीकी प्रेसीडेन्ट मनिषा बिमली अन्तर्राष्ट्रिय अवार्डवाट सम्मानित भएकी छिन् । लायन वर्ष सन् २०१९ –२०२० मा लायन्स क्लव इन्टरनेशनलको मिसन पूरा गर्न लियो क्लब अफ बिर्तामोड लेडीकी प्रेसीडेन्ट मनिषा बिमलीको नेतृत्वमा लियो क्लब अफ बिर्तामोड लेडीले लायन वर्ष सन् २०१९ –२०२० गरेको योगदानको मूल्याङ्कन गर्दै अवार्ड प्रदान गरेको हो ।

लायन्स क्लव इन्टरनेशनललका लायन वर्ष सन् २०१९ –२०२० इन्टरनेशनल प्रेसिडेन्ट डा.जंग यल छोईले इन्टरनेशनल प्रेसिडेन्ट्स सर्टिफिकेट अफ एप्रिसिएशन अवार्ड लियो क्लब अफ बिर्तामोड लेडीकी प्रेसीडेन्ट मनिषा बिमलीलाई प्रदान गरेको बताइएको छ ।

त्यस्तै लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान नेपालले लायन वर्ष सन् २०१९ –२०२० का लागी लियो क्लब अफ बिर्तामोड लेडीकी प्रेसीडेन्ट मनिषा बिमलीलाई सर्टिफिकेट अफ रिकग्नाइजेशन अवार्ड प्रदान गरेको छ ।

लायन्स क्लव इन्टरनेशनलका सेकेण्ड सेन्चुरी एम्वास्डर तथा डिस्ट्रिक गर्भनर इन्द्र खत्री राजन पिएमजेएफले उक्त अवार्ड लियो क्लब अफ बिर्तामोड लेडीकी प्रेसीडेन्ट मनिषा बिमलीलाई प्रदान गरेको वताइएको छ ।

लियो क्लब अफ बिर्तामोड लेडीले आर्थिक अभावले पाठ्यपुस्तक र ट्युसन पढ्न नसकेका विपन्न परिवारका बालबालिकाहरुलाई एक महिने निःशुल्क ट्युसन पढाउन ट्युसन दिदी कार्यक्रम , कोरोना राहत , उद्घोषण , नेतृत्व विकास तालिम सञ्चालन गरिरहेको लियो क्लब अफ बिर्तामोड लेडीकी प्रेसीडेन्ट मनिषा बिमलीले वताइन् ।

उक्त अवार्डले आफू तथा आफ्नो संस्थालाई सामाजिक कार्य गर्न हौसला मिलेको उनले वताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here