सचेतना सप्ताह शुरु

0
915

लक्ष्मीपुर ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले सचेतना सप्ताह शुरु गरेको छ ।

संस्थाले विभिन्न ७ वटा विधामा साउन १२ गते शुरु गरेको सचेतना १८ गतेसम्म सञ्चालन गरिने सहारा नेपाल साकोस लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले जानकारी दिए । सहारा साकोस लक्ष्मीपुर सेवा केन्द्रद्धारा आयोजना हुने सचेतना कार्यक्रम लघुवित्त महिला सदस्यहरु माझ सञ्चालन गरिने प्रमुख भारतीले बताए ।

सचेतना कार्यक्रम अन्र्तगत स्वास्थ्य सचेतना, प्राकृतिक प्रकोप पूर्व तयारी सचेतना, वित्तिय परामर्श सचेतना, बालबालिका शिक्षा सचेतना, करेसाबारी निर्माण कृषि सचेतना छन् । त्यसैगरी टनेल प्रविधि अर्गानिक कृषि सचेतना र घर बगैचा निर्माण, पशु व्यवस्थापन तथा सरसफाई सचेतना लगायत रहेको प्रमुख भारतीले जानकारी दिए ।

सप्ताह कार्यक्रममा सावन मास्क वितरण, असाहय वालबालिकालाई छात्रवृत्ति वितरण महिला समुह सदस्यलाई तरकारी विउ वितरणलगायतका कार्यक्रम रहेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here