सहाराद्धारा ऋण मिनाहासहित आर्थिक सहयोग

१४ श्रावण २०७७, बुधबार १२:१७ मा प्रकाशित
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

माई ।

Advertisement

सहारा नेपाल सकोस दानाबारी सेवाकेन्द्र माई नगरपालिकाले माई–२ शितली निवासी शान्ता दनुबारलाई एक लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ । ऋण तथा लघु सदस्य दनुवारका श्रीमान् वीरबहादुर दनुवारको गत जेठ २ गते मृत्यु भएपछि संरक्षकको मृत्यु भएको भन्दै सहाराले क्रण मिनाहा अन्तरगत नगद सहयोग गरेको दानाबाही शाखा प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए ।

शाखा प्रमुख तिम्सिनाको अध्यक्षता तथा माई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष खम्बसिंह लिम्बूको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लिम्बूले बीमा कार्यक्रममा सहारासँग माई वडा नम्बर २ सहकार्य गर्न तयार रहेको बताउँदै वडा कार्यालयबाट समेत दनुवार परिवारलाई जनताको आवास कार्यक्रम अन्तरगत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

चारपाने केन्द्रीय कार्यालय रहेको सहारा नेपाल बचत तथा क्रण सहकारी संस्था दानाबारी शाखाले सेवामूलक, स्थानीय स्तरमा राहात कार्यक्रम, आयआर्जन तथा सिपमूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

शेयर सदस्य र लघु सदस्य गरी दानाबारी शाखामा दुई हजार एक सय ८० जना सदस्य रहेका छन् । शेयर सदस्य हुनलाई चार बर्ष सदस्य, दुई वटा कर्जा चलाएको हुने र अन्य लघु सदस्यले भने बचत तथा ऋण कार्यक्रम सञ्चालन गर्ने व्यवस्था रहेको बताइएको छ । शेयर सदस्यको एका घरका सदस्यको मृत्यु भएमा ६० हजारसम्म काजकिरिया खर्च प्रदान गर्ने प्रावधान रहेको शाखा प्रमुख तिम्सिनाले बताए ।

यसैबीच सहारा दानाबारी शाखाले आर्थिक बर्ष २०७६÷०७७ को कर्जा सुरक्षण कोष तथा सुरक्षा रकम वितरणको समेत जानकारी गराएको छ । कर्जा सुरक्षण कोष तथा सुरक्षा रकम मेट लाईफबाट पाँच जना सदस्यको मृत्युमा तीन लाख २१ हजार रुपैयाँ, श्रीमान्को मृत्यु अन्तरगत तीन सदस्यलाई दुई लाख ४४ हजार एक सय २४ रुपैयाँ, संस्था मार्फत दुईजना श्रीमान्को मृत्युमा एक लाख रुपैयाँ, सुत्केरी भत्ता १४ जनालाई तीन हजारका दरले २१ हजार, सर्पले टोकेको तथा कुकुर बिरालो र बाँदरले टोकेको चार जनालाई १२ हजार, हातखुट्टा भाँचिएको दुई जनालाई तीन हजार र काजकिरियामा बसेको बेला दिइने खर्च एक जनालाई ३० हजार गरी छ लाख ४१ हजार एक सय २४ प्रदान गरिएको शाखा प्रमुख तिम्सिनाले जानकारी दिए । कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी उत्तमबहादुर थापाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here