आयात भन्दा निर्यात कम भएका कारण व्यापार घाटा व्यहोर्नुपरेको भन्सार अधिकारीहरुको भनाई

0
1040

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

नेपालले वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा पूर्वीनाकाबाट हुने वंगलादेशसँगको व्यापार घाटा ३ अर्ब ९९ करोड ९३ लाख रुपैयाँ व्यहोरेको छ । बंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसंगको व्यापार वर्सेनी नेपालको पक्षमा हुन्थ्यो । अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ मा समेत व्यपार बंगलादेशकै पक्षमा थियो । त्यो वर्ष नेपालले २ अर्ब ४१ करोड ४३ लाख ५८ हजार रुपैयाँ घाटा सहनु परेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार आर्थिक वर्ष २०७६÷२०७७ मा नेपालबाट ९५ करोड ४१ लाख ७५ हजार रुपैयाँका मालवस्तु निर्यात हुदा बंगलादेशबाट ४ अर्ब ९५ करोड ३४ लाख ८६ हजार रुपैयाँका मालवस्तु नेपालतर्फ आयात भएका थिए ।

अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ मा नेपालबात १ अर्ब ३२ करोड ६१ लाख ४१ हजार रुपैयाँका मालवस्तु नेपालले पूर्वीनका भएर वंगलादेश पठाएको थियो । बंगलदेशबाट ३ अर्ब ७४ करोड ४ लाख ९९ हजार रुपैयाँका मालवस्तु आयात भएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले जानकारी दिनुभयो । आयातभन्दा निर्यात कम भएका कारण त्यो वर्ष नेपालले पूर्वीनाकाबाट बंगलादेशसँग हुने व्यापारमा २ अर्ब ४१ करोड ४३ लाख ५८ हजार रुपैयाँ घाटा व्योहोर्नुपरेको उहाँको भनाई छ ।

नेपालबाट विशेषगरी वंगलादेशमा डिउटी फ्रि भएका मालवस्तुमात्र निर्यात हुने गरेका छन् । यसकारण पनि आयातको तुलनामा निर्यात कम हुँदा नेपालले व्यापार घाटा सहनुपरेको भन्सार अधिकारहिरुको भनाई छ । पूर्वीनाकाबाट हुने कुल व्यापारको १५ देखि २० प्रतिशत व्यापार बंगलादेशसँग हुने गरेको छ । मकै, जुट, व्याट्रीमुख्यगरी नेपाल आयात हुने गरेको छ ।

त्यसपछि औषधि गार्मेन्ट, आलु विरामीका लागि प्रयोग हुने प्लाष्टिक कुर्सीसमेत नेपालतर्फ बंगलालेशले निर्यात गर्ने गरेको प्रमुख भन्सार अधिकृत विश्कर्माले बताउनुभयो । नेपालबाट मुसुरो दाल, फ्रुटी, हरियो तरकारी, जडीबुटीमा चिराइतो निर्यात हुने गरेको छ । ‘आयातभन्दा निर्यात कम भएपछि त स्वतः व्यपारघाटा त हुने नै भयो’ प्रमुख भन्सार अधिकृत विश्वकर्माले भन्नुभयो— ‘शुरुशुरुमा जसरी नेपालका कृषि तथा कृषिजन्य वस्तु निर्यात हुन्थे पछिल्लो समय सवै कम मात्रामा निर्यात हुने गरेको छ । वंगलादेशमा ‘ड्यूटी फ्रि’भएका मालवस्तुमात्र निर्यात हुने गरेका छन् । नेपालमा भन्दा बंगलादेशमा भ्याट बढी भएका कारण पनि नेपालमा उत्पादन भएका मालवस्तुले प्रतिस्पर्धा गर्न नसक्दा यो समस्या आएको हो ।’

बंगलादेशको राजधानी ढाकामा भएको नेपाल – बंगलादेश वाणिज्य सचिव स्तरीय वैकठले नेपालका कृषिजन्य उत्पादनसहित १ सय ८ वटा आइटमलाई ‘ड्यूटी फ्रि’ सुविधा दिने निर्णय गर्यो । तर, त्यो कार्यान्वयनको तहसम्म नपुगेको नेपाली अधिकारीहरुको भनाई छ । बंगलादेशले नेपालका १ सय ८ वस्तुलाई भन्सार सहित सुविधा दिने र नेपालले पनि माछा, आलु चिप्स, रेफ्रीजिरेटर, वेट्री, गार्मेन्ट, प्लाष्टिकजन्य वस्तु, सिमेन्ट, टोवाको, टमटरको सस र विस्कुटलगायत ५० वस्तुमा ‘ड्यूटी फ्रि’ बताउदै वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जिवराज कोइराला तथा वंगलादेशका वाणिज्य मन्त्रालयका अतिरिक्त सचिव मनोज कुमार रायले यो सुविधाका लागि सम्झौतामा हस्ताक्षर गरे पनि कार्यान्वयन नभएको बताइएको छ ।

नेपालमा १३ प्रतिशत भ्याट हुँदा वंगलादेशमा १५ प्रतिशत व्यवसायीले व्योहोर्नुपरेको छ । वंगलादेशमा अत्यन्तै माग भएको मुसुरो दालको उत्पादन नेपालमै कम भएका कारण पनि निर्यातमा समेत आरोलो लागेको भन्सार अधिकारहिरुको भनाई छ । भन्सार अधिकारीहरुका अनुसार बंगलादेशसंगको व्यापारको आधा भन्दा वढी हिस्सा मुसुरो दालले ओगट्छ । खासमा मुसुरोका कारणले मात्रै नेपाल–वंगलादेश व्यापार चलेको छ । जडीवुटीको निर्यात नै कम हुन थालेको छ यसले पनि व्यापारघाटा कम भएको अनुमान नेपाली अधिकारीहरुको छ ।

बंगलादेश निर्यात हुने नेपाली सामानको संख्या ज्यादै न्यून छ । पुगनपुग आधा दर्जन आइटम मात्रै निर्यात हुने व्यवसायीहरुको भनाई छ । निर्यात गर्ने वस्तुहरु नथप्ने हो र निर्यात प्रवद्र्धनमा जोड नदिने हो भने वर्सेनी घाटा व्यहोर्नु पर्ने वाध्यता सिर्जना हुने र आगामी दिनमा बंगलादेशसंगको व्यापार अझ खस्कने निश्चित रहेको व्यवसायीहरुको भनाईछ ।

नेपाल र वंगलादेशबीचको औपचारिक व्यापार शुरु भएको दुईदशक बढी भएको छ । २०५४ भदौ १४ देखि नेपालले वंगलादेशसंग औपचारिक व्यापार थालेको हो । का“कडभिट्टा – फूलवारी – वंगलावन्द मार्ग संचालन भएको १९ वर्षमा २७ अर्व ८४ करोड ६४लाख २० हजार वढी मुल्यको सामान निर्यात गर्यो । १४ अर्व ८४ करोड ३२ लाख ९१ हजार मुल्यको सामान वंगलादेशवाट आयात भएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here