तुलसीप्रसाद निरौला / विर्तामोड ।

झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिकोत्सव संस्थाको वार्षिक समिक्षा गरी मनाएको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक भगीरथ आले मामा ,लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराज कटुवाल लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले संस्थाको गतिविधीवारे जानकारी गराएका थिए । उनका अनुसार २०६९ साल साउन १४ गते स्थापना भएको संस्थाको सेवाकेन्द्र १५ वटा , शेयर सदस्य १० हजार चार सय जना , शेयर पुँजी सात करोड ४७ लाख ९९ हजार पाँच सय रुपैयाँ , निक्षेप संकलन ४७ करोड ९० लाख ६९ हजार छ सय ४० रुपैयाँ , ऋण लगानी ६३ करोड २५ लाख ४६ हजार दुई सय ६४ रुपैयाँ रहेको छ ।
त्यस्तै संस्थाको आम्दानी नौ करोड ४९ लाख २८ हजार छ सय ३३ रुपैयाँ , खर्च आठ करोड ९३ लाख २७ हजार ३९ रुपैयाँ र संस्थाले ५६ लाख एक हजार पाँच सय ९३ रुपैयाँ खुद नाफा गरेको उनले जानकारी दिए । त्यसैगरी संस्थाको कूल कारोवार (वासलात) ९५ करोड ६३ लाख ३० हजार नौ सय ९५ रुपैयाँ रहेको उनले जानकारी दिए ।
संस्थाले लकडाउन अवधि २०७६ चैतदेखि २०७७ असारमसान्तसम्मको चार महिनाको अवधिमा दुई हजार तीन सय ३२ जना ऋणी सदस्यहरुको पाकेकोे ऋणको ब्याजमा १० प्रतिशत अर्थात् २९ लाख ३७ हजार नौ सय २८ रुपैयाँ व्याज मिनाह गरेको उनले वताए ।
त्यस्तै संस्थाले लकडाउन अवधि २०७६ चैतदेखि २०७७ असारमसान्तसम्मको चार महिनाको अवधिमा लिएको ऋणको १२ लाख १४ हजार रुपैयाँ हर्जाना जरीवाना मिनाह गरेको ,े ऋणी सदस्यहरुलाई ऋणको स्वेच्छिक किस्ता तिर्ने व्यवस्था शून्य प्रतिशत व्याजमा कर्जाको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणवाट वच्न तीन हजार शेयर सदस्य र संस्थाका कर्मचारी , सञ्चालक समितिका पदाधिकारी , लेखा सुपरीवेक्षण समितिका पदाधिकारी गरी एक सय ५० जनाको कोरोना बीमा गरिएको उनले वताए ।
लकडाउनको अवधिमा सदस्यहरुलाई स्वास्थ्य सचेतना सञ्चालन , विर्तामोडका दुई सय १२ जना शेयर सदस्यलाई एक लाख ९० हजार रुपैयाँ वरावरको खाद्यान्न सामग्री वितरण,
े बिर्तामोड नगरपालिका स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एक लाख एक हजार रुपैयाँ , अर्जुनधारा, कनकाई, भद्रपुर ,मेचीनगर , शिवसताक्षी ,गौरादह नगरपालिका , हल्दीवारी ,बाह्दशी गाउँपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष र नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जनही ५१ हजार रुपैयाँ गरी जम्मा छ लाख ११ हजार रुपैयाँ प्रदान गरेको उनले वताए ।
त्यसैगरी एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका स्थापनाका लागी झापा जिल्ला सहकारी संघले घोषणा गरेको सहकारी अभियान मार्फत एक लाख एक हजार रुपैयाँ प्रदान गरेको उनले वताए ।
पछिल्लो समय संस्थामा सदस्यहरुको विश्वास वढ्दै गएकाले संस्थाले दमक र केरखामा थप सदस्य सेवाकेन्द्र सञ्चालन गरेको उनले वताए । विश्व कोरोना महामारीको संक्रमणकालीन अवस्थामा पनि संस्थाले हप्तामा छ दिन कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिएको उनले वताए । सवैको सहयोगले संस्थाको वित्तिय अवस्था परिणाममुखी भएको बताउँदै उनले झापा कोप स्टेण्डर्ड लागू गरेको पहिलो संस्था हाम्रो नेपाल वचत तथा ऋण सहकारी भएको वताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष पृथ्वी ओलीे ,सदस्यहरु राजेन्द्र गौतम , कविता वुढाथोकी, शसिता राई, तुलसीराम गौतम, ऋण उपसमितिको सदस्य लोकप्रसाद ओली लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।





























