मास्क नलगाए एक सय जरिवाना

0
1356

झापा।

मास्क नलगाउनेलाई एकसय रुपैयाँ जरिवाना गरिने भएको छ । कोभिड १९ संक्रमण व्यवस्थापन समिति झापाको आज बसेको बैठकले विहीवारदेखि लागू हुनेगरी सो निर्णय गरेको हो ।

जिल्ला प्रशासक कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईका अनुसार मास्क नलगाई एक स्थानबाट अर्को स्थानसम्म हिँडडुल गर्ने, मास्क नलगाई भेलामा जम्मा हुने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० को दफा – ३ बमोजिम एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।

जरिवाना रकम राजश्वमा दाखिला गरिने भएको छ । मास्क लगाए– नलगाएको हेर्न अनुगमनमा खटिने प्रहरीले जरिवाना असुली रसिद दिने बताइएको छ ।

त्यसको कार्यान्वयनका लागि प्रचारप्रसार र माइकिङ गरिने बताउँदै उनले त्यसपछि टीम बनाएर प्रहरी परिचालन गरिने जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here