मोरङका एक पुरुषको कोरोनाका कारण मृत्यु

0
794

मोरङ ।

प्रदेश १ मा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको छ। मोरङ सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ। नगर प्रमुख कालीप्रसाद दासले कोरोनाले मृत्यु भएको पुष्टि भएको बताए।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा मृतकमा कोरोना पोजेटिभ देखिएको हो। बुधबार रिपोर्ट आएको हो। बुधबार मृत्यु भएका व्यक्ति तीन महिनाअघि भारतबाट आएका थिए।

भारतबाट फर्किएर उनी क्वारेन्टाइन बसेका थिए। १४ दिन क्वारेन्टाइन बसेपछि परीक्षण गरिएको थियो। त्यसबेला उनमा संक्रमण देखिएको थिएन।

प्रमुख दासका अनुसार रिपोर्ट नेगेटिभ आएपछि उनी फेरि भारतको झाला भन्ने ठाउँमा सुसुराली गएका थिए। त्यहीँ नै उनलाई कोरोनाको लक्षण देखा परेको बताइएको छ। लक्षण देखिएपछि उनलाई उपचारका लागि भारतकै पुर्निया लगिएको थियो। पुर्नियामा उपचार नभएपछि मंगलबार उनलाई विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here