खोलाले बगाएर झापामा एक जनाको मृत्यु, एक बेपत्ता

१५ श्रावण २०७७, बिहीबार मा प्रकाशित

झापा ।

संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका–४ बस्ने ३० बर्षीय सुगम राईको स्थानीय डुबे खोलाले बगाएर मृत्यु भएको छ ।

श्रीमती र अन्य साथीहरुसंगै दहिझोडा सामुदायिक वन तर्फ गएका राई बाटोमा रहेको डुबे खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाले बगाएका राईलाई संगै गएका साथीहरुले नै मृत अवस्थामा उद्धार गरी प्रहरीलाई खबर गरेको बताइएको छ ।

उता झापाकै कन्काई नगरपालिका–४ का २७ बर्षीय कमल मुखिया लाई माई खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको छ । हिजो बेपत्ता भएका उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here