बजेट सच्याउन माग गर्दै ज्ञापन पत्र

१५ श्रावण २०७७, बिहीबार १६:०४ मा प्रकाशित
  • 126
  •  
  •  
  •  
  •  
  •  
  •  
    126
    Shares

दुहागढी ।

Advertisement

वडाबासीको भावना विपरित एकलौटी ढंगले बजेट तर्जुमा गरिएको भन्दै सच्याउन माग गर्दै मेचीनगर नगरपालिका १४ नं. वडाका ३ वटा राजनीतिक दलले संयुक्त रुपमा वडामा ज्ञापन पत्र बुझाएका छन् ।

नेपाली काँग्रेस, राप्रपा नेपाल र जनता संघिय समाजवादी पार्टी नेपालले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै वडामा क्रियाशिल राजनीतिक दल एवं सरोकारवालाहरुसँग सामान्य परामर्श पनि नगरी व्यक्तिगत सम्पत्ती जस्तो गरी तीन चार जना कोठामा बसेर तयार गरिएको बजेट आफूहरुलाई मान्य नहुने बताएका छन् ।

नेपाली काँग्रेसका वडा सभापति प्रेम बहादुर न्यौपाने, राप्रपा नेपालका वडा सभापति रुद्र रिजाल र जनता संघिय समाजवादी पार्टी नेपालका वडा सभापति प्रेम साँवाले संयुक्त रुपमा वडा अध्यक्ष शंकर प्रसाद पोख्रेललाई बिहिबार वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा विगतमा पनि यस्तै प्रचलन रहेको र गतवर्षको सर्वदलिय छलफल पश्चात अब उप्रान्त सर्वपक्षिय छलफल पछि मात्र वडाको बजेट निर्माण गर्ने वडा अध्यक्षको प्रतिबद्धता यस वर्ष पनि कार्यान्वयन नभएको हुँदा अविलम्ब सच्याउन माग गरिएको छ ।

वडाको बजेट जस्तो गम्भिर विषयमा जबरजस्ती अघि बढ्ने कार्य भएमा कडा आन्दोलन गर्ने चेतावनी दिंदै यस विषयमा गम्भिर नभए तीन दलका पार्टी प्रतिनिधीहरु वडाका कुनै पनि गतिविधीहरुमा सहभागि नहुने समेत ध्यानाकर्षण गराइएको नेपाली काँग्रेस मेचीनगर १४ का वडा सचिव लक्ष्मी घिमिरेले बताएका छन् ।

मेचीनगर नगरपालिकाले सबै वडाहरुलाई चालु आर्थिक वर्षका लागि एक करोड रुपैयाँ बराबरको बजेट तथा कार्यक्रमको सिलिङ्ग तोकेको बुझिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here