लक्ष्मीपूरामा नमस्ते टेलरिङ हाउस, उद्घाटनका लागि मेयर र उपमेयर सहभागी (भिडियो सहित)

0
1319

बिर्तामोड, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को बढ्दो संक्रमणलाई रोक्न सर्बसाधारणलाई मास्क बितरण गरेको यो दृष्य हो झापाको कनकाई नगरपालिका – ८ स्थित लक्ष्मीपूरको ।
संक्रमण फैलिएर समुदाय स्तरमा समेत कोरोना भाइरसको लक्ष्यण देखा पर्दा समेत सर्वसाधारणले अटेरी गर्दै मास्क नलगाई हिँड्न शुरु गरेपछि टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायीले शुक्रवार लक्ष्मीपूर चौकमा निःशुल्क मास्क बितरण गरे ।

प्रहरी संगको सहकार्यमा उनले पूर्व पश्चिम राजमार्गमा हिड्ने सर्वसाधारण सहित हिमाली सडक खण्डमा मास्क नलगाई आवत जावत गर्ने सबैलाई अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरे ।
बिर्तामोडमा विगत १० वर्षदेखि टेलरिङ व्यवसाय गर्दै आएका झापा घेरावारीका बैजन्तकुमार राजवंशीले व्यवसाय विस्तारको क्रममा लक्ष्मीपूरमा नमस्ते टेलरिङ हाउस सञ्चालन गरेका छन् । जनचेतना अभिवृद्धिसंगै उनले आफ्नो नयाँ नमस्ते टेलरिङ हाउसको समेत शुक्रवार नै उद्धघाटन गराएका छन् ।

बिर्तामोडको हिकोला रोडमा रहेको दिल्ली टेलरिङ सेन्टरका संचालक समेत रहेका राजवंशीले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेललाई प्रमुख अतिथि बनाएर दुवै कार्यक्रम एकै पटक सम्पन्न गरे ।
आफ्नो व्यवसाय उद्घाटनमा आउने सबैजसो सर्वसाधारण र अतिथिहरु नै मास्क नलगाई आउने भएपछि उनले शुरुमा नै सचेतना फैलाउन मास्क वितरण कार्यक्रम राखेका थिए । कार्यक्रममा सहभागी सबैलाई अनिवार्य मास्कको प्रयोग गर्न लगाउँदै सामाजिक दूरी कायम गर्दै टेलरिङ हाउसको उद्घाटन गराएका थिए ।

कार्यक्रममा बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष रत्नाकुमारी राजवंशी, कन्काई ८ का वडाध्यक्ष प्रेमबहादुर कट्वाल, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य हरि नेपाली, मार्केट संचालक नेत्र नेपाललगायतले सफलताको शुभकामना दिएका थिए ।

टेलरिङ हाउसका संचालक राजवंशीले ब्रान्डेड सुटिङ सर्टिङका कपडा बिक्री गरिनुका साथै उच्चस्तरीय सिलाइअन्तर्गत स्कूलका पोशाक , विवाहका कपडालगायत जेन्स र लेडीजका सम्पूर्ण पोशाक तयार गरिने जानकारी दिए ।
कार्यक्रममा कनकाई ९ का वडाध्यक्ष प्रेम राजवंशी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य त्रिनारायण राजवंशी, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया,नेपाली कांगे्रसका लीलाबहादुर कट्वाल , हिमाली माविका प्रधानाध्यापक केशव ओझा, गोर्खा टेलरिङ सेन्टरका वीरु दर्नाललगायतको उपस्थिति रहेको थियो ।

प्रवीण राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन अभय राजवंशीले गरेका थिए । उद्घाटनका अवसरमा नमस्ते टेलरिङ हाउसले लक्ष्मीपुर चोकमा वडाध्यक्ष कट्वाल र इलाका प्रहरी कार्यालय घैलाडुब्बाका सई डिल्ली खरेलको उपस्थितिमा ४०० वटा मास्क वितरण गरेको छ ।

त्यस्तै हिमाली माविका दुईजना जेहेन्दार एवं गरीव विद्यार्थीलाई निशुल्क विद्यालय पोशाक वितरण गरेको छ ।
राजवंशीले आफ्नो व्यवसाय द्घाटन गर्न पूर्व अपनाएको सावधानी र समुदायलाई प्रदान गरेको सचेतना शिक्षाका कारण लक्ष्मीपूरामा मात्र नभई उनको चर्चा अहिले सर्वत्र चलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here