सांसद प्रदीप यादवसहित निजी सुरक्षाकर्मी र चालकलाई कोरोना संक्रमण

0
467

वीरगन्ज ।

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको परिक्षणमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो । यादवले संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराउनु भएको हो ।

जनता समाजवादी पार्टी नेपालका सांसद यादवसंगै उनका निजी सुरक्षाकर्मी र चालकको पनि संक्रमण पुष्टि भएको हो । सांसद यादवसंगै पर्सामा कोरोनाका संक्रमितको संख्या ६४ पुगेको छ । संक्रमितमध्ये ३ महिला र ६१ पुरुष छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here