विमल गिरी,
भारी मन बोकेर एसिया महादेशलाई नाघेर युरोपसम्मको दूरी तयसँगै यात्रैयात्राको विदेशिने क्रमले डेढ दशकभन्दा बढी नाघिसकेको छ । यसैक्रममा नीलो समुद्र र हरियाली वातावरणले सिँगारिएको प्रकृतिको सुन्दरतम् देश नेदरल्याण्ड जाने योजना बन्यो । फूलै–फूलको सहर । पर्यटकलाई आकर्षित गर्ने म्युजियमको देश, विकाश निर्माणको तीव्रता र ऐतिहासिक ठाउँ हेर्न शताब्दीऔँ पुरानो त्यो ऐतिहासिक सङ्ग्रहालय त्यहाँभित्रको संरचना आ–आफ्नो धर्मसँग सम्बन्धित स्थलहरूको आँगन हेर्न अत्तालिरहेको छ मन ।
हतारमा यात्रा गर्दा विभिन्न कुरालाई ध्यानमा राख्नुपर्छ भन्ने कुरा मेरा प्रिय कवि श्यामलको कविता “हतारमा यात्रा”लाई मनन गर्दै चाहिने सर्जामहरू जम्मा गरेर निजि वाहनमा चढियो ।
दिनभरिको कामको थकाइ, बेलुकीको यात्रा रमाइलो हुनेमा आशावादी हुँदै गाडीमा भएको नाभिगेटरमा गन्तव्य स्थान हल्याण्डको आम्स्ट्राडम सेटिङ्ग गरेपछि हुइँकायो ड्राइभर छोरा निश्चलले । यात्रीहरू म र श्रीमती । समय साँझको ८:५० भएको थियो । नयाँ ठाउँको यात्रा भनेपछि त्यसै पनि हौसिन्छु म ।
एक सय बीस किलोमिटर प्रतिघण्टाको दरले गाडी दौडाउँदै छ छोराले । बाटामा कति गाडीलाई उछिनेर अगाडि बढियो । कति गाडीले हामीलाई पछाडि छाडे छाडे । हिउँदको बेला । हेर्दा उज्यालै भए पनि रात परिसकेको थियो ।
अचम्म लाग्छ, नेपाल र युरोपको समय मिलाउने पारा देखेर । युरोपमा छ महिनामा एक घण्टा समयलाई बढाउने र घटाउने गरिन्छ । युरोपमा गर्मीयाममा लामो दिन हुन्छ र अबेरमा सूर्य अस्ताउँछ । बिहान पाँच बजे नै सूर्य उदाउछ । १० बजे रातीसम्म झलमल्ल घाम लाग्छ । उज्यालैमा बेल्जियमको विभिन्न सहर छिचोल्दै प्राकृतिक पदमार्ग, उपत्यका र बाटामा ठाउँ ठाउँमा ठूला चम्किला भवनहरू देखिन्थे । युरोपभरिका घरका बनौट, यातायात र त्यसको सञ्जाल प्रायः उस्तै हुन्छ ।
१२० किलोमिटर प्रतिघण्टाको स्पिडमा हुँइकिरहदा देखिने जमिनको दृश्य साँच्चै मनमोहक थियो । समथर जमिन, हरिया जङ्गल कुनै कलाकारले वर्षौं लगाएर बनाएका चित्र जस्ता । तहतह र खण्डखण्डमा विभाजित खेतका गराझैँ लाग्ने भूबनोट । शिशिर ऋतुको प्रारम्भमा प्रायः युरोपभरि प्रकृतिले असाध्यै सुन्दर पार्दोरहेछ ।
विशाल भूभागहरू आँखाले भ्याइनसक्नुका घाँसे मैदान र त्यसमा चर्दै गरेका गार्इका बगाल र भेंडा र घोडाका बथान हेर्दै हामी अगाढी रेलमार्गको किनारैकिनार पिचरोडबाट कमिलाको ताँतीसरि दौडिइरहेका ट्रकहरू,फराकिला फाँट र ती फाँटमाथि फैलिएका विशाल सामुन्द्रिक ताल, अनि क्षितिजरेखासँगै टाँसिएर दौडिएका ससाना पहाडका श्रृङ्खलाहरूझैँ लाग्ने मनमोहक दृश्य हेर्दै दौडिरहेका छौ ।
संसार सबैभन्दा अनौठो देश । जहाँ पानी माथि छ जमीन तल । विश्वकै एकमात्र यस्तो देश जहाँ अनौठा कुराहरूले भरिपूर्ण छन । सडकको वरिपरि रङ्गीचङ्गी फूल फुलेका बगैंचाहरू, कलात्मक गगनचुम्बी भवनहरूले मनै लोभ्याउथे ।
बेलुकीपख पश्चिमको आकाशलाई राताम्मे पारेर क्षितिजरेखाबाट विस्तारै तलतिर घस्रँदै गरेको सूर्यतिर औल्याउँदै जीवन सङ्गिनी उषाले भनिन अहा कस्तो राम्रो, दिनमा ताप दिने सुनौलो सूर्य जब दिन ढल्कदै जान्छ अनि रातो किन भएको होला र कहाँ जान्छ होला यो उज्यालिने सुर्य रातमा । मैले अस्ताउँदो सूर्यलाई देखाउदै मनमा उर्लिएका भावनाका तरङ्गलाई खेलाउँदै यो जीन्दगी पनि यसरीनै अस्ताउछ एक दिन , उज्यालोको सपना बोकेर हिँड्दाहिँड्दै कहाँ पुगेर के हुने हो पत्तै हुँदैन जिन्दगीको ।
जमिनमुनिको सम्पूर्ण भूभागमा भूमिगत रेलमार्ग अनि त्यसैमाथि अति अग्ला र ठूला भवनलाई आम्स्ट्राडामका सहरले आफ्नो खोकिलामा सजिलै राखेको देख्दा जो कोहिलाई पनि अचम्म लाग्छ । विश्वको न्यायलयको प्रधान कार्यालय द हेग (Den Haag) ले पनि जो कोहिलाई आकषिर्त गर्दछ ।
। उज्यालोले राति हो वा दिउँसो छुट्टयाउन गा–हो छ । तीन घण्टाभरिको यात्रामा निकै थाकेका थियौं हामी । थकाइ भोकलाई बोकेर हिमालय किचेनमा आईपुगेका छौ । जीवन हाँसेर बाँच्नका लागी हो भन्ने मान्यताका साथ अरुलाई सधैं खुशी रहन अभिप्रेरित गर्ने प्रिय अम्बिका बहिनी,विना बहिनी र साना साना भान्जीहरू आर्य र अंशुसँगै खुशी वाड्यौ एकार्कामा ।
पराई आकाशमुनि रातको समयमा रेस्टुरेन्टकी सानु कद हँसिलो अनुहारको वइटर बहिनीले पिउनको लागि के ल्याउ भनिन, मैले यहाँको प्रसिद्ध बियर हेनेकेन ल्याउनुन भने र सबैले चियर्सगर्दै बिभिन्न परिकारसँगै पिउने खाने काम भयो । त्यती पिउदिन् म कैले कैले मात्र हो । पिउन अलि गाह्रो भएको छ । भुपिलाई सम्झिएँ “पिउन कति गाह्रो छ पिएर त हेर साथी ।” राजनीति, साहित्य र कलाका विविध प्रसङ्गमा गफिँदै छौँ l थाकेको अनुभूति, भैरहेको छ र मात्रै अलिकती लिएको हुँ । उसो त सबैले थोरै थोरै मात्र पियौ ।
दुइ दशकअघि अमेरिकामा स्थापित ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्वएकेडेमीको रुपमा विकसित हुँदै गरेको अनेसास नेदर्ल्याण्ड च्याप्टरका अध्यक्ष हिमालय किचेनका प्रोपाइटर सुर्यराज गिरीसङ्ग बसाइमा समाजको सकारात्मक गन्तव्यका लागि बाँचेका अक्षरजीविहरूको कुरा भए र स्टाफहरू मामा कैलाश गिरी हुनुहुन्थ्यो । दुई जोडी स्थानिय जोडीहरू उत्साहपूर्वक अनुभूति साट्दै खाने पिउने गरिरहेका थिए । मैले थोरै बुझे अनुसार ति जोडाजोडीहरू आफ्नै भाषामा बोलिरहेका थिए । भाषाप्रेम,देशप्रेम र नागरिकप्रेम एक किसिमले युरोपियनहरूको विशेषता नै हो ।
आफन्तहरूको कुरा सुनिरहदा कुरैकुरामा सङ्गिनी उषाले भन्दै थिईन जीवनमा भ्रमण त गर्नै पर्ने रहेछ । भ्रमणले मानिसलाई धेरै जान्ने सुन्ने बनाउँदोरहेछ । दु:ख सुख भोग्दै समयले निखार्दा–निखार्दै यो उमेरभो । आशा, आकांक्षा, कल्पना र संघर्ष अनि धैर्यका अनुभवहरू ।वगिरहन्छन नदी झै ।
हिजो हामी कहाँ थियौ आज यहाँ छौ भोली कहाँ पुगिने हो मैले थोरै थपे । मैले यसो भित्ते घडीतिर हेरे गफैगफमा विहानको तीन बजिसकेको थियो हतार हतार रेस्टुरेन्ट बन्द गरेर हामी हुइकियौ ।
नेदरल्यान्डको राजधानी आम्स्ट्राडम एउटा क्यानलै क्यानलले भरिएको पर्यटकिय सहर हो र यस सहरलाई उत्तरको भ्यानिस (Venice) भनेर चिनिन्छ । यहाँ करिब ९० वटा नहर (द्वीपहरू)थिए । १७ औं शताब्दीको प्रारम्भमा आप्रवासन बढ्दै गएपछि एक व्यापक योजना एकै ठाउँमा राखिएको थियो l जसको मुख्य नहरहरूको ओरपरका भागहरूमा १५५० स्मारक भवनहरू छन् यो भवन र स्मारकहरूलाई २०१० मा यूनेस्कोको स्मारक भवनहरू विश्व स्थलको रूपमा सूचीबद्ध गरिएको थियो ।
यहाँ अबस्थित नहरहरूलाई चार मुख्य भागमा छुट्याइएको छ । नहरको रिंग क्षेत्रमा पन्द्र सयजति पुलहरूछन । ति पुलहरूका लम्बाइलाई जोड्ने हो भने सय किलोमिटर जति हुन आउछ ।
नेदरल्याण्ड यस्तो देशहो जहाँ भाषा साहित्य र कला(चित्रकार)ले भरिपूर्ण भएको देश मानिन्छ । विश्वप्रसिद्ध चित्रकारहरू रेम्ब्रान्ट, भेरमेर,भेनगगको जन्म पनि नेदर्ल्याण्डमा भएको थियो । उनीहरू मरेर गए पनि लाखौँलाख व्यक्तिको मनमा उनीहरू बाँचिरहेका छन् र सयौँ वर्षसम्म बाँचिरहने छन् ।
नेदर्ल्याण्डको अतिव्यस्त व्यापारिक केन्द्रहरूमा जहाँ गाजा, चरेस,कोकिनजस्ता हानिकारक पदार्थहरू बाटाबाटामा खुलेआम किनबेच हुन्छन । गल्लीहरूमा गाजा र चरेस खानेका भिडहरूले दङ दङ दुसित घुवा उडाइरहेका हुन्छन । दुर्गन्धबाट मुक्ति पाउन मानिसहरू नाक थुनेर आफ्नो गन्तव्यतर्फ लम्कदैँ गरेका भेटिन्थे ।
सबै आआफ्नै धुनमा हतारमा हिडिरहेका थिए । कत्तिलाई कहाँ पुग्नु छ के के भ्याउनु छ, मान्छेको भिड उस्तैछ । सबैलाई हतार छ । फुत्त मेरै अगाडीबाट घुडामाथिको ट्याटु देखाउदै मेरै अगाडि एउटी काली आउँदा त छक्कै परे म । पर्फुमको महकसँगै सडक र पेटीमा हात समातेर हिँडिरहेका युगल जोडीहरू,बैसालु मुस्कानका साथ सुन्दरीहरू स्तन, नितम्ब,जाँघ हल्लाउदै अर्धनग्न ओहोरदोहोर गरिरहेका थिए ।
युरोपमा समयको अत्यन्त ख्याल गरिन्छ । त्यसैले आउनुपर्ने र पुग्नुपर्ने समयमा रत्तीभर तलमाथि हुँदैन । सादनहरू पनि ठीकठीक समयमा हिँड्ने र रोकिने गर्दछन् युरोपमा । हाम्रा देशमा जस्तो यात्रुहरूलाई घन्टौघन्टासम बाटोमा कुराएराउने कल्पना नै गर्न सकिन्न यहाँ ।
बाटाभरि साइकल यात्रीहरूको निकै भीड देखिन्छ । सामान्य मानिसहरू बिहानै साइकल चढेर काममा गएका देखिन्छन् । दिउँसो पनि ठूला सडकहरूमा मनग्य साइकल यात्रीहरू भेटिन्छन् । सहरमा यात्रीहरू भने नगण्य देखिन्छन् । जमिनै जमिनले घेरिएको भूपरिवेष्ठित राष्ट्रको नागरिकलाई त्यहाँको समुन्द्रै समुन्द्रले भरिएको परिवेशले निकै मोहित बनाएको थियो ।
जताततै हेरेर नभ्याउने पानी । जताततै डुङ्गा, बोट र जहाज देखिन्थे । चढ्ने र उत्रनेको त्यस्तै भिड । हामी (अम्बिका, उषा र निश्शल) पनि प्रति व्यक्ती ११ युरो तिरेर Tourist बोटमा १ घण्टा घुम्यौ । बिभिन्न अनुहारहरूसङ्ग एकाकार हुन पाउदा मन प्रफुल्ल भयो । १५ भाषामा मद्यमा सुन्न र सुनाउन मिल्ने रेकर्डेड छोटो ब्रिफिङ सुनिन्थ्यो
वाणिज्य, आर्थिक, सांस्कृतिक, मनोरञ्जन, शिक्षा र पर्यटनको बारेमा सुनाइ रहेका थिए । हामी सबैका लागि एउटा अविस्मरणीय र एउटा रोमान्चकारी यात्रा थियो । गर्मी हपहपी छ । तर सबैलाई आनन्द । अनुहार राताम्मेछन सबैको । भर्खरका कुरकुरे वैशका ठिटाठिटीहरू आफ्नो छोप्नु पर्ने अङ्गहरूलाई थोरै कपडाले छोपिएका देखिन्थे । खुलेआम चुम्बन गर्दै, एकर्कामा औँला मुसार्नमा तल्लिन देखिन्थे ।कसैलाई कसैको चासो र मतलब थिएन । हामीभने मुखामुख गर्छौ । जताततै खुसी एवम् मायालु वातावरणयुक्त छ । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अधारभूत अधिकार राज्यले सुनिश्चित गरेको छ । ढुक्क छन सबैजना । मोरामोरी कतै हेर्दैनन । अचम्मको बसाइ,ओटले ओठलाई डसेकाछन । बिभिन्न मुलुकका काला, गोरा, सबै सबै अटाएको छन । प्रकृतिले दिएका यी सुन्दर उपहारहरू आखिर मान्छेकै खुसीमा थिए । बाटोमा देखिने प्राकृृतिक दृश्यहरूले वसन्त निम्त्याउँदै थिए । पालुवाका मुजुराहरू उकुसमुकुसिंदै हरियालीमा परिणत हुने तरखरमा देखिन्थे परपर नियाल्दा l
यसो हेर्दा सत्र अठारका वर्षका झै लाग्ने कम्मर नांगै पार्दै बीच बेन्चमा बसेर टोह्लाइरहेका थिए । कस्तो लाजसरम पचेका यी खैरेनीहरू । पोखिनै आटेका अटेसमटेस कामुक छातीमा ट्याटुलाई थोरै लुकाएका फुचीहरू नांगै तिघ्रा पारेर जिस्किदै कसैले अँगालो मारेर, कोही टाँसिएर, कोही नाङ्गे काखमा बसेर, सेल्फी खिचिरहेका देखिन्थे ।
यात्राका संझना, कोशेलीहरू मनभरी बोकेर हामी बाटो लाग्यौ । सी यु अगेन आम्ट्राडम ।
चारपाने झापा,हाल ब्रसेल्स ।