रोटरी मिडटाउनले दिएको ह्वीलचियर वरदान सावित

१७ श्रावण २०७७, शनिबार १६:१० मा प्रकाशित
  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

तुलसीप्रसाद निरौला /विर्तामोड ।

Advertisement

कुन सन्तान जन्मजात अशक्त होला भन्ने लाग्ला र आमा–बुबालाई । तर, झापा भद्रपुरका तीन परिवारमा जन्मदै आफ्ना सन्तान शारीरिक रुपमा अशक्त भएपछि उनीहरुको खुशीमा कालोबादल मडारिएको छ ।

जस्तो भएपनि सन्तान हो । आमा–बुबाको मन कहाँ मान्छ र । ठूलो भएपछि त्यहि सन्तान बुढेसकालको सहारा बन्ने आशामा रहेका उनीहरुको त्यो आशा निरासामा परिणत भएको छ ।

जसोतसो आफ्ना सन्तानलाई शिक्षाको बाटोमा डो¥याउँदै गरेका उनीहरुमा शुक्रबार भने आशाका किरण छाएको छ ।
उनीहरुको त्यो आशामा शारथी बन्यो रोटरी क्लब अफ बिर्तामोड मिडटाउन ।

झापा भद्रपुर –३ वैसावारीका लेखनाथ गणेश १५ वर्षका भए । उनी जन्मजात हिंड्न सक्दैनन् । शारीरिकरुपमा अशक्त उनी भद्रपुर –३ वैसावारीकै आदर्श आधारभूत बिद्यालयमा कक्षा ५ मा अध्ययनरत् छन् । शारीरिकरुपमा अशक्त १५ वर्षिय उनलाई घरवाट विद्यालय आउन जान हिंडडुलमा कठिनाई थियो । हिंडडुल गर्न नसक्ने भएका कारण उनका वावुआमाले उनलाई वोकेर विद्यालय ल्याउँथे र विद्यालय छुट्टी भएपछि घर लैजान्थे ।

त्यस्तै भद्रपुर –३ वैसावारीकै लक्ष्मण गणेश र कृष्ण गणेशको अवस्था पनि लेखनाथ गणेशको जस्तै छ । शारीरिकरुपमा अशक्त उनीहरु भद्रपुर –३ वैसावारीकै आदर्श आधारभूत बिद्यालयमा पढ्छन् । लक्ष्मण कक्षा एकमा पढ्छन् भने कृष्ण एलकेजीमा पढ्छन् । घरवाट विद्यालय आउन जान हिंडडुलमा कठिनाई भएका उनीहरुलाई पनि वावुआमाले वोकेर विद्यालय ल्याउँने र विद्यालय छुट्टी भएपछि घर लैजाने गर्ने गरेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले ह्वीलचियर किन्न नसकेपछि उनीहरु कष्टपूर्ण ढंगले जीवन गुजार्दै आइरहेका छन् । हिंडडुल गर्न नसक्ने उनीहरुलाई विद्यालय आउन जान समस्या भएपछि पढाई कसरी पूरा गर्ने भन्ने चिन्ताले समेत सताएको छ ।

 

हिंडडुल गर्न नसकी विद्यालय आउन जान समस्या भोगीरहेका उनीहरु शुक्रवार औधी खुशी भए । उनीहरु खुशी हुनुको कारण थियो ह्वीलचियर प्राप्त गर्नु ।शारीरिकरुपमा अशक्त उनीहरुलाई रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले निःशुल्क रुपमा ह्वीलचियर दिएपछि उनीहरुमा खुशीको सिमा थिएन ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले विद्यालयमा ह्वीलचियर वितरण गर्छ भन्ने सुनेर ह्वीलचियर लिन वावुआमाले वोकेर विद्यालय ल्याएका उनीहरु ह्वीलचियरको सहारामा घर फर्किएका थिए । शारीरिकरुपमा अशक्त भएर हिंडडुल गर्न नसकेका उनीहरु रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले प्रदान गरेको ह्वीलचियरको सहारामा हिंडडुल गर्न पाउँदा निकै खुशी भएका थिए ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण ह्वीलचियर किन्न नसकेर पढाई नै छुटाउन वाध्य उनीहरु अव ह्वीलचियरको सहारामा विद्यालय आफैं जान सक्ने बताउँछन् । सानो हुँदा लेखनाथलाई वोकेर विद्यालय लान सजिलो भएपनि उमेर वढ्दै गएपछि वोकेर लान कठीन भएको लेखनाथ गणेशका वुवा मोहनलाल गणेशले वताए । ह्वीलचियर पाएपछि उनले भने– पैसा नभएर ह्वीलचियर किन्न सकेको थिइन । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले दिएको ह्वीलचियर छोराका लागि बरदान सावित भयो । अव छोरो मज्जाले विद्यालय जान्छ ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारीहरुले गत जुलाई १ तारिकदेखि सन् २०२०÷०२१ को जिम्मेवारी सम्हाले लगत्तै पहिलो कार्यक्रमको रुपमा शारीरिकरुपमा अशक्त भएका विद्यार्थीलाई ह्वीलचियर वितरण गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले वताए । बजारमा पाउने भन्दा वितरित ह्वीलचियर बलियो र राम्रो रहेको बताउँदै उनले ती ह्वीलचियरमा बसी सामान्य व्यक्तिले गर्न सक्ने कामहरु गर्न सकिने बताए ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीको अध्यक्षता तथा भद्रपुर नपा वडा नंं. ३ कि अध्यक्ष कमला थुलुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा वडाध्यक्ष थुलुङले समाजमा अपांगता भएकालाई हेर्ने दृष्टी फरक रहेको बताइन् । उनले शारीरिकरुपमा अशक्त भएर हिंडडुल गर्न नसकी विद्यालय आउन जान नसक्ने विद्यार्थीहरुलाई छनौट गरेर ह्वीलचियर वितरण गरेकोमा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनलाई धन्यवाद दिइन् ।

आदर्श आधारभूत बिद्यालयका प्रधानाध्यापक ललितबहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल गणेश , एक्सेल वैंक वनियानी शाखा प्रमुख राजन ढकाल , सशस्त्र प्रहरी वेश क्याम्प भद्रपुरका प्रहरी निरिक्षक रतन वाराकोटी , एरोमा टी स्टेटका सञ्चालक रितेश मंगलले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले शारीरिकरुपमा अशक्त भएका विद्यार्थीलाई ह्वीलचियर वितरण गरेर उनीहरुको शिक्षामा ठूलो योगदान गरेको बताए ।

कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सेक्रेटरी नवीन उप्रेती , टीच डाइरेक्टर शरद जोशी , क्लव मेन्टर राजेन्द्र अग्रवाल , रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट प्रकृति न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here