भद्रपुर नाका सुरक्षित, ७० जना सशस्त्र प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

१७ श्रावण २०७७, शनिबार १६:१८ मा प्रकाशित
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

भद्रपुर ।

Advertisement

झापामा धमाधम सशस्त्र प्रहरीको कोरोना भाइरसको परीक्षण गरिँदैछ ।

सीमा क्षेत्रमा खटिएका ३५ जना सशस्त्रमा कोरोना संक्रमण पुष्टिसँगै सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी कोरोनाको पिसीआर परीक्षणका लागि विराटनगर पठाउन थालिएको छ । यसैक्रममा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापामा कार्यरत ७० जना सशस्त्रको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

शनिवार ७० जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । सीमामा तैनाथ सशस्त्र प्रहरीको रिपोर्ट नेगेटिभ आएपछि भद्रपुर नाका अहिलेसम्म कोरोना भाइरसबाट सुरक्षित रहेको पाइएको छ । ७० जना सशस्त्रमध्ये अधिकांश भद्रपुर नाकामा खटिएका थिए ।

अहिलेसम्म झापामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत ३२ र सशस्त्र प्रहरी पाथीभरा गण पाडाजुँगीका ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here