बिर्तामोडमा क्वारेन्टाइनको सुरक्षामा खटिएकी महिला प्रहरीमा कोरोनाको संक्रमण

१७ श्रावण २०७७, शनिबार मा प्रकाशित

विर्तामोड । 

झापामा पहिलो पटक जनपद प्रहरीमा कोरोनाको संक्रमण देखिएको छ । क्वारेन्टाइन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसंगै झापामा जनपद प्रहरीमा समेत कोरोनाको संक्रमण देखिएको हो । उनी विर्तामोडको क्वारेन्टाइनमा खटिएको बताइएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टाइनमा सुरक्षाका लागि खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसअघि झापाका ३२ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

प्रहरीमा कोरोनाको संक्रमणदेखिएसंगै उच्च सर्तकता अप्नाइएको बताइएको छ । यो संगै झापामा ३७० पुगेको छ । भने निको हुनको संख्या ३११ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

यसैबीच कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर सय ९२ निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १४ हजार ४ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९ सय ९३ जनाको पीसीआर भएसँगै मुलुकभर ३ लाख ८२ हजार ४ सय ९० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । शनिबार देशका बिभिन्न भागमा ३ सय १५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here