कोरोनाको जोमिख रोक्न स्थानीय तह जिम्मेवार बन्नुपर्ने

१७ श्रावण २०७७, शनिबार १७:४२ मा प्रकाशित
  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

बिर्तमोड।

Advertisement

कोरोना भाइरस समुदायमा फैल्ने संम्भावना बढ्दै गएको भन्दै तत्काल पर्याप्त सावधानी अप्नाउन झापाका स्थानीय तह प्रशासनसंग आग्रह गरिएको छ ।

संवाद समूह झापाले आोजना गरेको भर्चुअल मिटिङमा सहभागि वक्ताहरुले अब पनि पर्याप्त सावधानी नअप्नाए भयावह अवस्था आउन सक्ने भन्दै स्थानीय सरकार यो विषयमा गम्भिर बन्नु पर्नेमा जोड दिएका छन् । कोरोना कहरमा महिला हिंसा न्यूनीकरणका उपाय र स्थानीय सरकारको भूमिका तथा कोरोना भाइरसको बढ्दो संक्रमण, आसन्न चाडपर्वमा अपनाउनु पर्ने सावधानीका विषयमा झापाका क्रियाशिल महिला तथा सञ्चारकर्मीसंग गरिएको भर्चुअल मिटिङमा सहभागिहरुले अब पनि आलटाल गरे समुदायमा कोरानाले भयावह अवस्था निम्त्याउन सक्ने खतरा बढेको बताए ।

लकडाउनकोे समयमा महिला हिंसा बढेको तर्फ स्थानीय तहमा रहेको न्यायिक समिति र प्रहरी प्रशासन गम्भिर बन्नु पर्ने कांग्रेस नेतृ उर्मिला पोख्रेलले बताइन् । उनले गिता ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका श्रीमान रञ्जन कोइरालालाई सर्वोच्च अदालतले कैद मिनाह गर्नुले आम महिलामा हिंसा बढ्ने त्रास सिर्जना भएको भन्दै न्यायलयले यसलाई तत्काल सुधार गर्दै मुलुकमा कानुनी रक्षा गर्नुपर्ने विचार ब्यक्त गरिन् । उनले यस वर्ष कोरोनाका कारण विश्व नै जटिल अवस्थामा रहेको भन्दै आफ्नै परिवारसंग मात्रै चाडपर्व मनाउन आग्रह गरिन् ।

पछिल्लो समय कोरोना संक्रमणलाई हल्का रुपमा लिने क्रम बढेकाले समुदायमा यसको संक्रमण फैल्ने जोखिम बढेको समाजवादी पार्टी नेपालकी उपाध्यक्ष संगीता रौनियारले बताइन् । उनले अनावश्यक रुपमा भीडभाडमा नजान आग्रह गर्दै टेर गर्नेलाई कडा कारबार्ही गर्नुपर्ने उल्लेख गरिन् । कोरोनाका कारण परिवारमा आर्थिक भार बढेको भन्दै यसले परिवारमा कलहको अवस्था सिर्जना भएकाले महिलाहरु हिंसामा पर्ने क्रम बढेको महिला सुरक्षा दबाब समूहकी अध्यक्ष शारदा रिजालले बताइन् ।

उनले घरमै बसेर चाडपर्व मनाउन आग्रह गर्दै यो जटिल अवस्थामा सबै संम्यमित हुनुपर्ने बताइन् । आफन्तबाटै महिलाहरु यौन हिंसामा पर्ने गरेको तथा हिंसामा परेका महिलाहरुलाई राख्नका लागि झापामा सेफ हाउस नभएकाले समस्या भएको एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले बताइन् । उनले महिला हिंसा न्यूनिकरणका लागि स्थानीय तह गम्भिर बन्नु पर्ने विचार ब्यक्त गरिन् । कोरोनाको जोखिम बढ्दै गएकाले अनावश्यक भीड नियन्त्रण गर्नका लागि स्थानीय तह र प्रहरी सक्रिय हुनुपर्ने उनको भनाई छ ।

कोरोना भाइरस नियन्त्रणका लागि जनता नै जागरुक हुनुपर्ने र आफैं सावधानी अप्नाउनुपर्नेमा अधिवक्ता कविता शर्माले जोड दिइन् । उनले स्थानीय तहले पीसीआर परिक्षणको दायरा बढाउनका साथै उच्च सावधानी नअप्नाएमा समुदायमा संक्रमण फैलिएर भयावह अवस्था आउने तर्फ बेलैमा सचेत बन्न स्थानीय सरकारलाई आग्रह गरिन् । उनले कोरोनाका जोखिम कायम रहेकाले यो वर्ष परिवारसंगै चाडपर्व मनाउन आग्रह गरिन् । महिलाहरु विभिन्न बहानामा हिंसामा पर्ने क्रम अझैं नरोकिएले स्थानीय तहको न्यायिक समिति गम्भिर बन्नुपर्ने बताइन् ।

कोरोना भाइरसलाई सामान्य रुपमा लिने तथा आफ्नो स्वास्थ्य प्रति हेल्चेक्राइँ गरेका कारण बिर्तामोड सहित झापाका स्थानीय तहको समुदायमा संक्रमण फैलिने जोखिम बढेको विर्तामोड उद्योग संघकी उपाध्यक्ष पार्वता विमलीले बताइन् । उनले घरम बसेर यस पटकको चाडपर्व मनाउन सबैलाई सुझाव दिइन् ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसलाई नेपालमा सामान्य रुपमा लिने क्रम बढेकाले यसले कतै भोलीका दिनमा भयावह अवस्था त सिर्जना नहोला भन्न सक्ने अवस्था नरहेको कोचिला महिला फ्रन्टकी सचिव एव्म सञ्चारकर्मी सुस्मा राजवंशीले बताइन् ।

उनले विश्वका कतिपय देशहरुले कोरोनालाई समान्य अवस्थामा लिइदाँ अहिले त्यस देशको अवस्था अत्यन्त जटिल भएको भन्दै नेपालमाबेलैमा सचेतना र सावधानी अप्नाउनुको विकल्प नरहेको विचार ब्यक्त गरिन् । महिला हिंसा न्यूनिकरणका लागि सचेतनाको जरुरी रहेको र दोषीलाई कडा कारबार्हीको दायरामा ल्याउ सकेमात्रै हिंसा घट्ने सञ्चारकर्मी शुसीला संग्रौलाले बताइन् । उनले आर्थिक समस्या तथा अन्य विभिन्न समस्याका कारण पनि महिलामाथि हुने हिंसा लकडाउनको समयमा बढेको बताइन् ।

स्थानीय तहले ५ बजेपछि बजार पसल अनिर्वाय बन्द गर्न आग्रह गर्नु समस्याको समाधान नभएको भन्दै के ५ बजेपछि कोरोना सर्दैन भन्दै प्रश्न गरिन् । उनले बजारमा स्वास्थ्य सुरक्षा नअप्नाउने ग्रहक तथा पसल ब्यवसायीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरिन् ।

आफ्न्तबाटै महिलाहरु असुरक्षित रहेको भन्दै महिलाहरु यो विषयमा सचेत बन्नुपर्ने सञ्चारकर्मी अर्जुन राजवंशीको भनाई छ । उनले जिल्ला प्रहरी कार्यालय झापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनबाट पनि महिलाहरु आफ्न्त र छिमेकीबाटै असुरक्षित बन्नु परेको भन्दै झट्ट कसैलाई विश्व गर्ने वातावरण नरहेको उल्लेख गरे ।

कोरोना नियन्त्रणका लागि स्थानीय तहले कुनै सावधानी नअप्नाएको भन्दै लकडाउन मात्रै समस्याको समाधान नभएको विचार ब्यक्त गरे । महिला हिंसा पछिल्लो समय उच्च घरानाभएको परवारमा पनि बढ्दै गएको र यसले समाजमा विखण्डको अवस्था सिर्जना हुने खतरा बढेको सञ्चारकर्मी नरेन्द्र ढकालले बताए ।

हत्या गरेर शव जलेको अवस्थामा भेटाएर अपराध स्वीकार गरेको अवस्थामा समेत गीता ढकालको हत्यामा संलग्न रञ्जन कोइरालको कैद मिनाह गर्ने सर्वोच्चको नियर्णले अपराध कर्ममा लागेहरुलाई प्रोत्सहान मिलेको भन्दै अपराध अक्षम्य हुने विचार ब्यक्त गरे । कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य परीक्षणको दायरा बढाउनुका साथै कानुनको उल्लघन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुको विकल्प नभएको उल्लेख गरे ।

भूभ मिटीङमा सहभागिहरुले महिला हिंसालाई निरुत्साहित गर्न टोल विकास संस्था, नागरिक समाज, जनप्रतिनिधिहरुको प्रभावकारी समन्वयमा हिंसा रोकधाम र नियन्त्रणका लागि स्थानीय सरकारले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने साभा विचार प्रस्तुत गरेका छन् । कोरोनाको संक्रमण फैलिन नदिन यो वर्षको चाडपर्व आ–आफ्नै घरमा बनाउन पनि आग्रह गरिएको छ ।

अधिवक्ता खगेन्द्र खरेल र संवाद समूहकी सह–संयोजक कमला भट्टराईले सहजिकरण गरेको कार्यक्रममासहभागिहरु चारबुदे साझा धारणा प्रस्तुत गर्दै कोरोना नियन्त्रण तथा महिला हिंसा न्यूनिकरणका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here