लक्ष्मीपुर ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले शुरु गरेको सचेतना सप्ताह अन्र्तगत ७ वटा कार्य गरेको छ ।
प्राकृतिक प्रकोप पूर्व तयारी सचेतना , तथा वृक्षरोपण कार्यक्रम अन्र्तगत शनिवार कार्यक्रमको अन्तिम दिन वृक्षरोपण तथा खुत्रुके र मास्क वितरण गर्दै सचेतना सप्ताह कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाले कनकाई नगरपालिका वडा नं. ८ स्थित विरिङ खोलाको तटबन्ध सुनौलो बस्तीमा एकसय बटा मसला वृक्षारोपन गरेको छ । त्यसैगरी समूह नं. ६० का १७ जना महिला सदस्यहरुलाई खुत्रुके र मास्क वितरण कार्यक्रम गरेको लक्ष्मीपुर सेवा केन्द्र प्रमुख उमेश भारतीले जानकारी दिए ।

सुनिता राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहारा नेपाल सचालक समिति बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले रहेका थिए । प्रमुख भारतीले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमलाई सञ्चालन कर्मचारी खगेन्द्र निरौलाले गरेका थिए ।
कार्यक्रममा लक्ष्मीपुर वजार अध्यक्ष टेकबहादुर वस्नेत, टोल विकास अध्यक्ष राजन राई, कर्मचारी रिना कार्की, वेनिमा प्रसाईलगायतको उपस्थिति थियो ।































