तुलसीप्रसाद निरौला / विर्तामोड । 
पछिल्लो समय प्रहरीमा कोरोना संक्रमणको दर वृद्धि भएपछि बिर्तामोडका जनपद र ट्राफिक प्रहरीले थप सुरक्षा अपनाउँदै ‘फेस शिल्ड’ को प्रयोग गर्ने भएका छन् ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउन र इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले इलाका प्रहरी कार्यालय बिर्तामोडका जनपद प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरीलाई ‘फेस शिल्ड’ वितरण गरेपछि उनीहरुले ‘फेस शिल्ड’ को प्रयोग गर्ने भएका हुन् ।
बिर्तामोडको वानस्टप मलमा आइतबार भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडलाई ५० थान र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ३० थान फेस शिल्ड प्रदान गरिएको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पे्रसिडेन्ट प्रशान्त भण्डारीले बताए । बिर्तामोडमा कोरोना संक्रमणको त्रास बढेपछि फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरीहरुको सुरक्षाको लागि फेस शिल्ड वितरण गरेको उनले बताए ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पे्रसिडेन्ट प्रसान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी मुकुन्द रिजाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जबेगूलाई, फेस शिल्ड वितरण गरिएको थियो ।

कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवाल, पास्ट प्रेसिडेन्ट शिवकुमार अग्रवाल, प्रेसिडेन्ट इलेक्ट दीपेन्द्र पोखरेल, प्रेसिडेन्ट नोमिनी दिनेशकुमार पोखरेल, सेक्रेटरी नवीन उप्रेती, वोर्ड डाइरेक्टरहरु शरद जोशी, मनोज अग्रवाल, रोशन बुढाथोकी, जगत शर्मा, सिजर राजभण्डारी, गायत्री सुवेदी, रोट्रयाक्ट क्लव बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट प्रकृति न्यौपाने, इनरह्वील क्लब बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेल, भाइस प्रेसिडेन्ट जमुना भुषाल शर्मा , सेक्रेटरी सम्झाना भण्डारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले अब जोखिम क्षेत्रमा खटिने प्रहरीलाई एन–९५ मास्क, स्यानिटाइजर, ग्लोब र ‘फेस शिल्ड’ अनिवार्य गरिएको बताए । कार्यक्रमको समापन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका टिच डाइरेक्टर शरद जोशीले गरेका थिए ।





























