कनकाई क्याम्पसको समस्या हल गर्न नगरपालिकासँग माग

२० श्रावण २०७७, मंगलवार मा प्रकाशित

सुरुङ्गा ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको समस्या हल गर्न नगरभित्रका बुद्धिजीवीहरुले कनकाई नगरपालिकासँग माग गरेका छन् ।

मंगलबार नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उनकै कार्यकक्षमा मागपत्र हस्तान्तरण गर्दै क्याम्पसको समस्या हल गर्न माग गरिएको हो । नगरभित्रका १ सय ५५ प्राध्यापक, शिक्षकसहितका बुद्धिजीवीहरुद्वारा हस्ताक्षरित मागपत्रमा सहमतिमा निर्माण भएको क्याम्पस सञ्चालक समितिले सहमतिलाई भत्काउँदै क्याम्पस प्रमुखको नियुक्ति एकल ढंगबाट गरिएको, त्यसपछि क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितिका अध्यक्षले एकाधिकारपूर्ण ढङ्गले अघि बढ्न खोज्दा सञ्चालक समितिमा कार्यरत छ जना पदाधिकारी तथा सदस्यहरुले पदबाट राजिनामा दिनुपर्ने बाध्यता आइपरेको र बाँकी २ जना क्याम्पस सञ्चालक समितिको बैठकमा अनुपस्थित हुने गरेको कारणबाट सञ्चालक समिति अल्पमतमा परेको उक्त मागपत्रमा स्मरण गराइएको छ ।

अल्पमतमा रहेको समितिले नैतिकताका आधारमा राजिनामा दिई पूर्व सहमतिका आधारमा नयाँ शिराबाट क्याम्पस सञ्चालक समितिको गठन गर्नुको सट्टा विधान र नियमावलीहरुलाई लत्याउँदै आफू खुसी एकलौटी ढङ्गले निर्णयहरु गर्दै जाने, विधान नियमावली विपरित प्राध्यापक कर्मचारीहरु नियुक्ति गर्ने, समयमा क्याम्पसको साधारणसभा सम्पन्न नगर्ने, बाह«ौं क्याम्पस सभामा भए गरेका निर्णयहरु लेख्न नपाउँदै गैर जिम्मेवारीपूर्ण ढङ्गले क्याम्पस प्रमुखले बैठक खाता खोसी बेपत्ता पारेको स्मरण गराइएको छ ।

कोषाध्यक्षको राजिनामा पछि पनि कोषाध्यक्षको काम विधान विपरित अध्यक्ष र क्याम्पस प्रमुखले आफैँ गरेबाट आर्थिक चलखेलको गन्ध आएको बताइएको छ । क्याम्पसका सहयोगी हातहरुलाई बिर्संदै आफ्नो पुख्र्यौली सम्पत्ति जस्तो ठानी अघि बढ्न, लामो समयदेखि कार्यरत प्राध्यापकहरुलाई एक पछि अर्को गर्दै बर्खास्त गर्ने, क्याम्पसमा विगत १६ वर्षदेखि कार्यरत उपप्राध्यापक हरिप्रसाद तिम्सिनालाई बिना कारण, बिना स्पष्टीकरण र बिना पूर्व सूचना गत सालको दशैंको पूर्व सन्ध्यामा अमानवीय ढङ्गले बर्खास्त गरिएको आरोप लगाइएको छ ।

उक्त मागपत्रमा प्राज्ञिक जगतमा भएको हमला तथा एकाधिकार अमानवीय र अदूरदर्शी ठानी त्रि.वि. उपकुलपतिको कार्यालयमा गरेको उजुरी प्रति उपकुलपतिको कार्यालयको ध्यानाकर्षण भई अनुगमन टोली खटाई प्राप्त रिपोर्टको आधारमा क्याम्पसको समिति अल्पमतमा रहेको निष्कर्षसहित तयार गरिएको पत्रसमेत त्यस क्याम्पसमा दर्ता भएको चार महिना बितिसक्ता पनि सम्बन्धित पक्षले वास्तै नगरी अघि बढेकाले कनकाई नगरपालिकाको तर्फबाट समस्या समाधाना लागि उचित निर्णय लिनु आवश्यक छ भनिएको छ ।

कनकाई नगरपालिकाभित्रको सबभन्दा उच्च शिक्षा प्रदान गर्ने संस्थामा विधानमा व्यवस्था भए अनुसारको कोषाध्यक्ष विना नै बैंक खाता सञ्चालन गरिनु, अल्पमतको समितिले क्याम्पस विधान विपरीत निर्णयहरु ग्रिनु र त्रि.वि. उपकुलपतिको कार्यालयले क्याम्पस प्रमुखलाई सम्बोधन गरी लेखेको पत्रलाई समेत बेवास्ता गरिनु दुःखद् भएकाले आफ्नो क्षेत्रभित्रका शैक्षिक संस्थाको अभिभावकत्व र संरक्षकत्व लिनका लागि स्थानीय सरकार नगरपालिकालाई अनुरोध गरिएको छ । उक्त मागपत्र गोपीकृष्ण भट्टराईले वाचन गरेका थिए भने हस्तान्तरण डम्बरप्रसाद फुयाँलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here