कोरोना : झापाका आठ सहित प्रदेश–१ मा ४३ जना संक्रमित थपिए

२० श्रावण २०७७, मंगलवार मा प्रकाशित

विराटनगर,

मंगलवार प्रदेश १ मा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा मोरङमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्याकं अनुसार आज मोरङका ५ वटा स्थानीय तहमा संक्रमण देखिएको छ। मोरङको विराटनगरका ४ महिला ७ पुरुष, बुढीगंगाका ३ पुरुष १ महिला, लेटाङ र केराबारीका २–२ पुरुष, उर्लाबारीका १ पुरुष रहेका छन्।

त्यसैगरी, सुनसरीको दुहवीका ४ जना पुरुष, इटहरीका ३ जना पुरुष र १ जना महिला, धरानका ३ जना पुरुष, इनरुवाका १ जना पुरुष र झापाको कचनकवलका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तै, झापाको दमक र गौरीगञ्जका २–२ जना पुरुष, भद्रपुरका १ जना पुरुष, इलामको सुर्योदयका २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको तथ्याकंमा उल्लेख गरिएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ भने आज एक जना डिस्चार्ज भएका छन्। जिल्ला अस्पताल खोटाङमा उपचाररत एक जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेको संख्या ८ सय ३० पुगेको छ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ। जसमध्ये २ जना मोरङको सुनबर्षी र विराटनगरका र अन्य २ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ९ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here