चिया उद्योगीको घरमा रित्तो थाल र भाडाकुडा प्रर्दशन

0
520

भद्रपुर, असोज २२ । झापाका चिया बगानमा कार्यरत मजदुरहरुको एक समूहले चिया उद्योगीको घरमा रित्तो थाल र भाडाकुडा प्रर्दशन गर्दै चिया उत्पादक संघ जिल्ला कार्य समिति झापाको गेट अगाडि आज एक घण्टा धर्ना दिएका छन ।
आफनो पूर्व घोषित कार्यक्रम अनुसार झापाको सदरमुकाम भद्रपुरमा सयौको सख्यामा भेला भएका चिया मजदुरहरुले ¥यालीका साथ रित्तो थाल र भाडाकुडा प्रर्दशन गर्दै धर्ना दिएका हुन ।  धर्ना कार्यक्रम पश्चात चिया मजदुरहरुले एउटा रित्तो थाल र लठ्ठी चिया उत्पादक संघको कार्यालय सचिवलाई बुझाएको छ ।   नेपाल स्वतन्त्र चिया मजदुर युनियनका केन्द्रिय सचिव जय राई, अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष भुपाल सापकोटा, नेपाल चिया बगान श्रमिक संघका महासचिव मिलन राई लगायतले धर्ना कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो– चाडपर्वको बेला सरकारले तोकेको ज्याला उद्योगीले कार्यन्वयन नगरि विवाद उत्पन्न गरेर मजदुरहरुलाई मार्ने काम गरिरहेकोमा आपत्ती जनाउदै तत्काल सो अनुसारको ज्याला कार्यन्वयन नगरे सर्घष सहितको कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभयो ।  सरकारले राजपत्रमा तोकेको दैनिक ज्याला दुई सय एक रुपैया झापाका चिया उद्योगीहरुले नदिएको भन्दै चिया मजदुरहरु पुनः आन्दोलित बनेका हुन ।