कारको ठक्करवाट ग्रील व्यवसायीको मृत्यु

0
525

चारपाने,असोज २२ । पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको चारपाने सडक खण्डमा आज कारको ठक्करवाट एक व्यक्तिको मृत्यु भएको छ ।
पह्चिमवाट पूर्व जादै गरेको नम्वर नखुलेको कारको ठक्करवाट अनारमनी ४ का ३५ वर्षीय जनकुमार गजमेर मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । मर्निङवाकमा रहेका वेला कारको ठक्करवाट गम्भीर घाइते विकको विर्तामोड स्थित मनमोहन मेमरियल अस्पतालमा उपचार सम्वभ नभएपछि विराटनगर स्थित न्युरो अस्पतालमा लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता  ग्रील तथा स्टील व्यवसायीसंघ झापाले संघमा आवद्ध गजमेरलाई ठक्कर दिएर भागेको सवारीको खोजी कार्यमा प्रहरीले चासो नदेखाएको भन्दै खेद प्रकट गरेको छ । आज संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष वलिमान गुरुङले २४ घण्टा भित्र ठक्कर दिने सवारी साधनको पहिचान गरेर कारवाही वढाउन आग्रह गरेका छन् । ठक्करदिने सवारीको पहिचान गरेर कारवाही अघि नवढाइए कडा भन्दा कडा सर्घषका कार्यक्रम अघि वढाएर लैजाने संघका सचिव यज्ञनीधि भूर्तेलले वताए ।  गजमेर विगत १८ वर्षदेखि बिर्तामोडमा ग्रील व्यवसाय संचालन गर्दै आएका छन् । उनी न्यू प्रज्ञा ग्रीलका संचालक थिए ।