पर्साकी १८ वर्षीया युवतीमा मृत्युपछि कोरोना पुष्टि

0
1000

पर्सा,

पर्साकी एक युवतीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। पोखरीया नगरपालिका–९ की १८ वर्षीया युवतीमा मृत्युपछि संक्रमण पुष्टि भएको हो।

बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै युवतीको गत सोमबार मृत्यु भएको थियो।

मृत्युपछि कोरोना संक्रमणको शंकामा स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ। युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या १४ पुगेको छ। देशभर भने मृतकको संख्या ५९ पुगेको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here