दिउँसै लुटिए व्यवसायी

0
340

बिर्तामोड,असोज २२ । झापाको दमकमा आज बिहान ११ बजे एक मनी ट्रान्सफर व्यवसायी दिउँसै लुटिएका छन् ।

दमक–११ स्थित प्रभु मनी ट्रान्सफरका सञ्चालक व्यवसायी इन्द्र कार्कीको दुई लाख ८० हजार  लुटिएका हुन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार कालो पल्सर मोटरसाइकलमा आएको दुई हतियारधारी लुटेराले मनी ट्रान्सफरमा जाँदै गर्दा कार्कीलाई पेस्तोल देखाएर लुटपाट गरेका थिए ।

लुटेराले घटनास्थलबाट आठ थान गोली छोडेर फरार भएका थिए । घटनालगतै प्रहरीले ती लुटेराको खोजी कार्य तीव्र पारेको दमक प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो । तर प्रहरी हाल सम्म लुटेरा पक्राउ गर्न भने सफल नभएको जनाइएको छ  ।