विर्तामोड नगर सरसफाई

0
353

विर्तामोड, असोज २२ । झापा उद्योग वाणिज्य संघ विर्तामोडको आयोजनामा विर्तामोड नगर सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघ विर्तामोडकोे नेतृत्वमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, नेपाली सेना, मधेशी युथ क्लव, छठ पूजा समाज सेवा समिति, राधामाधव सेवा समिति,मारवाडी सेवासमिति लगायत विभिन्न दर्जन बढी संघ–संस्थाको संस्थागत उपस्थितिमा नगर सरफाई भएको हो ।

मुक्तिचोकबाट शुरु भएको सरसफाई कार्य उत्तर–दक्षिण, पूर्व–पश्चिम राजमार्ग र डिभाइनमा लगाइएका विरुवाको समेत सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा वोल्दै झापा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष वलराम कार्कीले चाडपर्वको समयमा सवैभन्दा वढी फोहोर मैला हुने गरेकाले नगरलाई सफा र सुन्दर राख्न नगर सरसफाई गरिएको वताए । वजारमा फोहोर वढ्नुमा स्थानीयले घरमा जम्मा भएको फोहोर वाटामा फ्याक्ने गरेकाले फोहोर वढेको र आगामी दिनमा नगरलाई सफावनाउन सवै लाग्नु  पर्नु पर्ने उनको भनाई थियो । सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय कार्यालय विर्तामोडका डीएसपी भुवनेश्वर तिवारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सूर्य सुवेदी,संघका उपाध्यक्ष मोहन मित्तल, सचिव किरण श्रेष्ठ, उप सचिव देवेन्द्रकुमार शिह, वीरता लेडी जेसीजकी अध्यक्ष उमा श्रेष्ठ, राधामाधव सेवा समितिका अर्चना थापा, चन्द्रकान्त ढकाल लगायतले विर्तामोडलाई सफा राख्न सवैको भूमिका रहेको वताएका थिए ।