काग्रेसमा पत्रकारको चुनाव प्रचार समिति

0
574

बिर्तामोड, असोज २२ । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले मंसीर ४ को संविधान सभालाई सवैले आ – आफ्नो ठाउँवाट सक्दो सहयोग गर्दै सफल वनाउनु पर्ने वताएका छन् ।

नेपाल प्रेस युनियनमा आवद्ध संचारकर्मी र नेपाली कांग्रेसका नेता तथा कार्यकर्तावीच पार्टी कार्यालयमा भएको छलफल कार्यक्रममा सहभागीले यस्तो वताएका हुन् ।  पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नम्वर ५ का संविधान सभाका उम्मेदवार केशवकुमार वुढाथोकीको आतिथ्यमा भएको कार्यक्रममा पार्टीका कार्यवहाक सभापति देउमान थेवेले संविधान सभाको निर्वाचन सफल वनाउन जनस्तरसम्म निर्वाचनको प्रचारप्रसार र खवरदारीमा  संचारकर्मीको भूमिका अग्रस्थान रहने भएकाले निर्वाचन मय वातावरण वनाउन संचारकर्मी पनि लाग्नु पर्ने वताएका थिए ।  कार्यक्रममा वोल्दै वुढाथोकीले देश निर्वाचन तर्फ धकेलिसकेकाले अव समयमै संविधानसभाको निर्वाचन हुने वताए ।  कार्यक्रममा पार्टीका जिल्ला सचिव दयानन्द गोश्वामी, सह सचिव लक्ष्मण खड्का, लोकराज ढकाल, कृष्ण हुमागाई, भीम नेम्वाङ, गोपालकुमार वस्नेतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमकै वीच सविधान सभालाई सफल वनाउन प्रचारप्रसारका लागि नेपाल प्रेस युनियनका तर्फवाट क्षेत्रगत समिति वनाइएको छ । जस अन्र्तगा क्षेत्रनम्वर १ मा ज्ञानेन्द्र निरौलालाई संयोजक तोक्दै चार सदस्यीय समिति गठन भएको छ । गठित समितिको सदस्यमा रेशवहादुर तामाङ,  देवु वानिया, र विष्णु रिमाल रहेका छन् । त्यस्तै क्षेत्रनम्वर दुइका लागि रेजिना रोदन संयोजक रहेको समिति वनाइएको छ । समितिमा राजेन्द्र गौतम, रञ्जीत राई, क्षेत्रनम्वर ३ मा इश्वर अधिकारीको नेतृत्वमा रेवतीरमण नेपाल, द्रोण अधिकारी, र पंकज शर्मारहेका छन् । क्षेत्रनम्वर ४ मा भने कुमार भट्टराईको संयोजकत्वमा उमाकान्त खनाल, र लक्ष्मी भण्डारी सदस्य रहेको समिति वनाइएको छ । यसैगरी क्षेत्रनम्वर ५ मा भने सुरेन्द्र भण्डारीको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ । गडित समितिमा विनोद सापकोटा, शान्तिराम वस्नेत र याम भूजेल रहेका छन् । क्षेत्रनम्वर  ६ र ७ मा भने वेनु अधिकारी र कुमार लुइटेललाई संयोजक तोकिएको छ । जसको सदस्यमा  श्याम लम्साल, झगेन्द्र खड्का, सुदीप अधिकारी,निरज अग्रवाल, सीतल वराईली, नगेन्द्रमणि न्यौपाने, अर्जुन राजवंशी, गिरीराज रहेका छन् । यसैगरी मूल समितिमा भने भीम नेमवाङ, कृष्ण हुमागाई, इन्दु पूर्वली, राजेन्द्र चम्लागाई, कुमार भट्टराई, लोकराज ढकाललाई जिम्वेवारी दिइएको छ ।