महिलालाई भारत पुर्‍याएर बन्धक बनाउने पुरुष समातिए

0
748

बिर्तामोड ।

झापा सहित उदयपुर, सिन्धुपाल्चोक र काठमाडौंका चार जना महिलालाई विभिन्न मितिमा कुवेतमा राम्रो तलब लगाउने भन्दै बेचबिखनमा संलग्न भएको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् ।

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न भएर फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक चौतारा नगरपालिका १ घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका–३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो।

तामाङले घरायसी काममा लगाइदिने भन्दै प्रलोभनमा पारी २०७३ चैत्रमा वीरगञ्ज नाका हुँदै भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा बन्धक बनाइ राखेका थिए। भारतस्थित नेपाली दूतावास समेतको सहयोगमा उनीहरुको उद्धार गरेर २०७४ जेठमा काठमाडौं ल्याई आफन्तको जिम्मा लगाइएको थियो।

भारतस्थित नेपाली दूतावास समेतको सहयोगमा उनीहरुको उद्धार गरेर २०७४ जेठमा काठमाडौं ल्याई आफन्तको जिम्मा लगाइएको थियो। तामाङ बिरुद्ध कानुन बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here