कोरोना : मेचीनगरमा आठ संक्रमित थपिए, प्रदेश–१ मा एकैदिन ६६ जना संक्रमित

0
402

बिर्तामोड ।

प्रदेश–१ मा आज विराटनगरका २१ जनासहित प्रदेश १ मा ६६ जना कोरोना संक्रमित भएका छन् ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा बिहीबार ११ जना पुरूष र १० जना महिलालाई कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५१ पुरूष र १५ जना महिलामा संक्रमण देखिएको हो ।

जसमा मोरङमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरबाहेक मोरङको बेलबारीमा २ पुरूष र रङ्गेलीमा १ पुरूषमा संक्रमण देखिएको हो ।
यस्तै सुनसरीमा १९ जनालाई संक्रमण देखिएको छ । धरान उपमहानगरपालिकामा ११ पुरूष र ३ महिला गरी १४ जनालाई संक्रमण देखिएको छ । यस्तै इटहरीमा ४ पुरुष र १ महिलामा संक्रमण देखिएको छ भने झापाको मेची नगरपालिका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता इलाम नगरपालिकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा बिहीबारसम्म १२ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ९ सय ५ जना उपचारपछि कोरोनामुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here