रोङका १५२ जनाको कोरोना नेगेटिभ, दुई जनाको नो स्याम्पल

0
683

गणेश अर्याल / इलाम ।

इलामको रोङ गाउँपालिका बाट संकलन गरी परीक्षणको लागी पठाएको स्वाबको नतिजा कोरोना नेगेटिभ आएको छ ।

तीन दिन अघि संकलन गरेर एक सय ५४ जनाको पठाएको मध्ये एक सय ५२ जनाको नेगेटिभ आएको रोङ स्वास्थ्य शाखाले जनाएको छ । बाँकी दुई जनाको नतिजामा नो स्याम्पल लेखिएको आएको रोङ स्वास्थ्य शाखाका सह–प्रमुख युबराज काफ्लेले बताए।

स्याम्पलमा परीक्षण गर्न पुग्ने गरी स्वाब नभएको वा नस्ट भएको अवस्थामा नो स्याम्पल भन्ने नतिजा आउने सह संयोजक काफ्लेले बताए । ति दुइजनाको पनि पुनः स्वाब संकलन गरी पठाउने स्वास्थ्य शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here