एक्सेल बैंकद्वारा पीसीआर ल्याबका लागि ५ लाख एक हजार सहयोग

0
1660

बिर्तामोड।

एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापना गरिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि सहयोग जुट्ने क्रम जारी छ ।

स्थापनाको छोटो अवधिमा सेवाग्राहीको मन जित्न सफल बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले पीसीआर ल्याबका लागि ५ लाख एक हजार रुपैयाँ प्रदान गरेको छ ।

बिहीबार कोटीहोमस्थित ल्याव स्थलमा आयोजित एक कार्यक्रमकाबीच एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिनेश पोखरेल, बैंकका कर्जा असुली विभाग प्रमुख पंकज घिमिरेले उक्त रकमको चेक प्रदान गरे ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी, एकका लागि एक अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक बिनोद बस्नेतले उक्त चेक ग्रहण गरेका थिए ।

सरकारलाई सहयोग पु¥याउन सरकार–समुदाय–सहकारी अभियान–निजी क्षेत्रको साझेदारीमा मुलुकमै नयाँ मोडलका रुपमा पहिलोपटक स्थापित पीसीआर ल्याबको लागि सञ्चालन भएको अभियान उदाहरणीय भएको एक्सेलका सीईओ पोखरेलले बताए । उनले भने– ‘म झापामा बस्न थालेको सात बर्ष मात्र भयो तर यहाँ सामाजिक संस्थाहरुकाबीच सहकार्यमा मुलुकमै नयाँ र राम्रो काम भइरहेको पाएँ, अभियानका संयोजक तथा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको नेतृत्वमा सञ्चालन भएका धेरैवटा अभियान सफल भइसकेका छन् र यो अभियान पनि मुलुकमै उदाहरणीय बनेको छ ।’

बिर्तामोड नगरका प्रमुख शिवाकोटीले एकका लागि एक अभियानबाट अनुकरणीय काम भएको भन्दै त्यस अभियानमा सहयोग पु¥याउने एक्सेल बैंकप्रति धन्यवाद ज्ञापन गरे । अभियानका संयोजक गिरी र सहसंयोजक बस्नेतले एक्सेल बैंकको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे ।

त्यस्तै उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका बिर्तामोडकोतर्फबाट शाखा प्रमुख पवन पौडेल र कर्जा अधिकृत मनोज बोहोराले एक लाख रुपैयाँ चेक प्रदान गरे । त्यस्तै, कनकाई नगर सहकारी समन्वय समितिको तर्फबाट संयोजक चम्पा सुवेदी र सहसंयोजक कुमारमणि पोखरेलले ५१ हजार, नेपाल भेनियर उत्पादक संघकातर्फबाट अध्यक्ष दीपक पाण्डे र उपाध्यक्ष श्याम न्यौपानेले ५० हजार रुपैयाँको चेक प्रदान गरेका थिए ।

झापा इँटा उद्योग संघकातर्फबाट अध्यक्ष गुणराज थापा, उपाध्यक्ष मदनकुमार अग्रवाल र सचिव दीपककुमार शाहले ५१ हजार रुपैयाँको चेक प्रदान गरेका थिए । त्यस्तै दमक–६का भगवान बस्नेतले २१ हजार, कनकाई–३की नमिता बस्नेतले दुई हजार रुपैयाँ प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here