‘आएन खबर’ सार्वजनिक

२३ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

 

काठमाडौं ।  गायिका मेलिना राईको स्वरमा ‘आएन खबर’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईको जीवन्त अभिनय रहेको छ । चिन्तामणि सिवाकोटीको शब्द रचना रहेको गीतमा सङ्गीत हरि लम्सालले भरेका छन् । भिडियोलाई लक्ष्मी र जीवन आफैँले निर्देशन गरेका हुन् ।

बिदेसिएका श्रीमानको पर्खाइमा गाउँमा सङ्घर्ष गरेर बसेकी श्रीमतीको पीडालाई गीतमा जीवन्त उतारिएको छ । आफू भन्दा टाढा रहेका आफ्ना प्राण प्रिय श्रीमानलाई कतै केही भयो कि भनी निद्रामा पनि झस्किरहने श्रीमतीको मनोभाव गीतले समेटेको छ । गीत को भिडियोमा एक अर्कासँग बिताएका अविस्मरणीय क्षण अनि घरी घरी याद आइरहने परदेशी प्रिय मान्छेको यादले सताएको देख्दा हामी माध्य कयौँ को पिडा महसुस हुन्छ । गीतको भिडियो बुद्ध थापाले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन् । (cinepati)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here